चीनको गतिविधिमा लगाम कस्न लक्षद्वीपमा नयाँ विमानस्थल निर्माण हुने, चीनको सपना चकनाचुर

१० मंसिर २०७९, शनिबार मा प्रकाशित

भारत,

भारतले लक्षद्वीपमा विमानस्थल निर्माण गएको छ। यस विमानस्थलको निर्माणले भारतलाई रणनीतिक रूपमा धेरै लाभ पुग्ने र चीनलाई पनि गतिलो जवाफ प्राप्त हुने मानिएको छ। किनभने चीनले हिन्द महासागरमा प्रभाव बढाउने जुन षडयन्त्र रचिरहेको छ त्यसलाई विफल बनाउन भारतको यो कदम महत्त्वपूर्ण मानिएको छ। लक्षद्वीपको महत्त्व र यहाँको सामरिक महत्त्व भारतको लागि महत्त्वपूर्ण कुरा हो ।

७ अप्रेल २०२१ को कुरा हो जब यूएसएस जोन पल जोन्स अर्थात यूएस नेवीको निर्देशित मिसाइल विनाशक भारतको लक्षद्वीप टापुको नजिकबाट पार भयो। अमेरिकी नौसेनाले भारतको अनुमति बिना भारतीय समुद्री क्षेत्रमा गस्ती गरेर भारतलाई चकित बनाएको थियो। अमेरिकी नौसेनाको सेभेन्थ फ्लीट अर्थात् सातौँ ब्याटल फ्लीटले लक्षद्वीप नजिक नेभिगेसन अपरेसन मात्र गरेन तर भारतीय कानुन अन्तर्राष्ट्रिय सामुद्रिक कानुनको विरुद्ध भएकोले भारतको अनुमतिबिना यो काम भइरहेको भनी आधिकारिक बयानसमेत जारी गरेको थियो।

अमेरिकी नौसेनाको सातौं फ्लीटले एक विज्ञप्ति जारी गर्दै भनेको थियो कि, ‘यूएसएस जोन पल जोन्स (DDG 53) युद्धपोतले भारतको एक्सक्लुसिभ इकोनोमिक जोन अर्थात विशेष आर्थिक क्षेत्रभित्र लक्षद्वीप टापुको लगभग १३० समुद्री माइल पश्चिममा भारतको सहमतिबिना अन्तर्राष्ट्रीय कानुनअनुरूप स्वतन्त्र रूपले नेविगेशन अधिकारको पालन गऱ्यो।

तर, अमेरिकाको नौसेनाले भारतको विशेष आर्थिक क्षेत्रभित्र प्रवेश गरेको भारतलाई मन परेन। यसैले भारतले यसको विरोध गर्दै कडा आपत्ति व्यक्त गरेको थियो। भारतले अमेरिकाको यस हरकतप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई समुद्री सुरक्षा नीतिको अवेहलना भएको बताएको थियो। भारत सरकारले संयुक्त राष्ट्र महासन्धि सम्बन्धी आफ्नो स्थिति स्पष्ट गर्दै कुनै पनि राष्ट्रलाई अनुमति बिना विशेष आर्थिक क्षेत्रमा प्रवेश गर्ने र विशेष गरी विस्फोटक पदार्थ र हतियारको प्रयोगमा संलग्न सैन्य अभ्यासहरू गर्ने अधिकार छैन भनी प्रतिक्रिया दिएको थियो।

अमेरिकाको यस कार्यप्रति भारतको प्रतिक्रिया एकदमै सठीक थियो। तर विचार गर्ने कुरा के भने भारतीय समुद्री क्षेत्रमा अमेरिकी नौसेनाको यो हलचलले अर्कै कुरातिर पनि सङ्केत गरेको थियो। त्यो के हो त भन्दा यो घटना लक्षद्वीप टापुको एकदमै नजिकमा हुनु यसको सामरिक महत्त्वतिर इशारा गरिरहेको थियो। लक्षद्वीपको रणनीतिक महत्त्व कति छ भन्ने कुरा यस कुराबाट अनुमान लगाउन सकिन्छ कि विश्वका धेरै रक्षा विज्ञहरू यस टापुलाई अकल्पनीय विमान वाहक मान्दछन्। यतिमात्र नभएर २०१३ मा अमेरिकी नौसेनाका जेनरल हेल्बर्ट कार्लिस्ले-ले विदेश नीति म्यागजिनमा यस कुरालाई प्रमाण गर्दै भनेका थिए कि अमेरिकी वायु सेना तिरुवनन्तपुरममा आफ्नो बस सेटअप गर्ट चाहन्छ। अर्थात अमेरिका अघिदेखि नै यस क्षेत्रलाई लिएर चासो राख्दै आइरहेको कुरा बुझ्न सकिन्छ।

अर्कोतिर जब हिन्द महासागर र चीनको नियन्त्रणको कुरा आउँछ तब भारतसँग प्रमुख हतियार छ त्यो हो लक्षद्वीप टापु। अन्दमान र निकोबारजस्तै लक्षद्वीप टापु पनि भारतको सबैभन्दा अधिक रणनीतिक पहुँच मध्ये एक हो। भिन्नता यति मात्रै छ कि अन्दमान निकोबार भारतको पूर्वमा अनि लक्षद्वीप पश्चिममा अवस्थित छ। तर रणनीतिक दृष्टिले यी द्वै टापु उत्तिकै महत्त्वका छन्।

हालैमा भारत सरकारले लक्षद्वीपको मिनिकय टापुमा २५०० मिटर लामो हवाई पट्टी बनाउने योजना बनाएको छ ताकि ठूला वायुसेना र व्यावसायिक विमानहरू उडान भर्न सकून्। यो परियोजना रणनीतिक महत्वको छ किनभने यसबाट भारतले आफ्नो अन्तर्राष्ट्रिय सिमानामा नजर राख्न, क्षेत्रीय प्रवेश बढाउन र पर्यटन प्रवर्द्धन गर्न सक्षम हुनेछ। मिनिकय द्वीप कोच्चि नजिक छ जुन सबैभन्दा ठूलो नौसेना अड्डामध्ये एक हो र यो स्थान कूटनीतिक महत्वको छ। त्यसैले यो हवाई पट्टीले भारतलाई पाकिस्तान र चीनले प्रयोग गरिरहेको जलक्षेत्रमा पनि नजर राख्न मद्दत गर्नेछ। विज्ञहरूअनुसार भारतको यस निर्णयले अब भारतले पाकिस्तान र चीनको गतिविधिमाथि सोझै नजर राख्न सक्छ।

लक्षद्वीप स-साना द्वीपहरू मिलेर निर्माण भएको टापु हो। यसको अर्थ पनि एक लाख द्वीप भन्ने बुझिन्छ। भारत को दक्षिण पश्चिम तट देखि २०० देखि ४४० किमी यो लक्षद्वीप अवस्थित छ। जसको भारतका लागि ठुलो सामरिक महत्त्व रहेको छ।

मिनीकयमा विमानस्थल हुनुका फाइदाबारे बताउँदै परियोजनासँग सम्बद्ध एक अधिकारीले बतएअनुसार, यो रुटमा ९ र ८ डिग्री च्यानलहरू छन्, जुन युरोपलगायत विश्वका धेरै ठाउँमा ढुवानीको जीवनरेखा हुन्। यहाँ विमानस्थल बनेपछि वायुसेना र तटरक्षकको हात बलियो हुनेछ । यो माल्दिभ्सको पनि नजिक छ जुन स्ट्रिङ अफ पर्ल्सको हिस्सा हो। यससँगै पाकिस्तानको सहयोगमा लागुऔषधि र हतियारको तस्करी जस्ता गैरकानूनी गतिविधिमा संलग्न चीनको यो सामुद्रिक मार्गमा आवतजावत गर्ने सपनालाई यो हवाई पट्टीले चकनाचुर पार्नेछ।

मिनिकय आइल्याण्डमा एयरपोर्ट हुनुले कोस्ट गार्ड, वायुसेना र अन्य सेनाहरूलाई आन्दोलनको निगरानी गर्न र नजर राख्न मद्दत मिल्नेछ। ‘स्ट्रिङ अफ पर्ल्स’ ले मलाक्का, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, स्ट्रेट अफ हर्मुज र सोमालियालाई जनाउँछ। यसमा बंगलादेश र म्यानमार पनि परेका छन् । हालसम्म यो स्पष्ट भइसकेको छ कि यस क्षेत्रमा भारतीय पकड नियन्त्रण गर्न सकियोस् भन्ने उद्देश्यले चीनले हिन्द महासागरमा आफ्नो प्रभाव बढाउने रणनीतिमा काम गरिरहेको छ। अधिकभन्दा अधिक लाभ उठाउनका लागि चीनले हिन्द महासागरमा प्रभाव बढाउन खोजिरहेको रिपोर्टमा खुलासा भएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here