अर्जुनधारा ।

तमू ल्होसार पर्व २०७९को अवसरमा शुक्रबार तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगर समितिले विविध कार्यक्रम गरी मनाएको छ ।
बिर्तामोड–३स्थित बुद्धनगरमा समितिका अध्यक्ष सलबहादुर गुरुङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा शुभकामना आदानप्रदान, सांस्कृतिक कार्यक्रम, पुरुषहरुको लागि डोरी तान्ने खेल र महिलाहरुको लागि म्युजिकल चेयर तथा मौलिक खानेकुरा वितरणलगायतको कार्यक्रमहरु सञ्चालन गरिएको आनन्द गुरुङले जानकारी दिए ।
समितिकी उपाध्यक्ष निर्मला गुरुङले स्वागत गरेको उक्त कार्यक्रममा तमू ह्युल छोंज धीका केन्द्रीय सल्लाहकार जलकुमार गुरुङ, बिर्तामोडका वडाध्यक्षहरु मदनकुमार बुढाथोकी, रोहीत प्रसाईं र दुर्योधन गुरुङ, नेफिन बिर्तामोडका अध्यक्ष राजकुमार राजवंशी, तमुस्यो महिला राष्ट्रिय परिषद् झापाकी अध्यक्ष अमृता गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन समितिका सचिव लीलाबहादुर गुरुङ र केबी गुरुङले गरेका थिए । ल्होसार पर्व अन्र्तगत यस वर्ष बाघ वर्गलाई विदा गरी बिरालो वर्गलाई स्वागत गरिएको छ ।






























