प्रथम झापा जिल्ला स्तरीय कराँते प्रतियोगिता बिर्तामोडमा हुने

0
212

बिर्तामोड । 

झापाको बिर्तामोडमा प्रथम झापा जिल्ला स्तरीय कराँते प्रतियोगिता हुने भएको छ । पुस १६ गते शनिबार बिर्तामोडको आदर्श ब्याङ्क्वेटको हलमा प्रतियोगिता हुने भएको हो ।

बिर्तामोड कराँतेको आयोजनामा कार्यक्रम हुन लागेको बिर्तामोड कराँतेका अध्यक्ष सुदिप खवासले जानकारी दिए । कार्यक्रमको पूर्वसन्ध्यामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष खवासले लामो समयदेखि बिर्तामोडमा प्रतियोगिता आयोजना नभएकाले खेलकुदलाई चलायमान बनाउँदै खेलाडीको विकासको लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा झापाका विभिन्न डोजोबाट ११ टिम सहभागी हुने खवासले जानकारी दिए । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

कार्यक्रमको प्रमुख आतिथिको रुपमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ सहभागी हुने जिल्ला खेलकुद विकास समिति झापाका प्रवक्ता जगन कार्की (दुर्वाशा) ले जानकारी दिए ।

जिल्ला खेलकुद विकास समिति झापाको समन्वय तथा जिल्ला कराते संघ झापा र कराँते टेक्निकल कमिटी झापाको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ । खेलप्रेमी संघसंस्था तथा ब्यक्तिहरुको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गरिने उनीहरुको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक दुर्गाराज निरौला, वरिष्ठ प्रशिक्षक कालू मेचे, कराते संघ झापाका अध्यक्ष मिलनराज प्रसाई र कराँते टेक्निकल कमिटी झापाका अध्यक्ष बद्री बिष्टको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here