भद्रपुर , अवैध रुपमा नेपालबाट भारततर्फ लगिरहेको हाजमोला र कोलगेट सशस्त्र प्रहरीले बुधवार बिहान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरबाट खटिएको टोलीले भद्रपुर – ५ स्थित नसिङ चिया बगान क्षेत्रबाट करिब ३६ हजार मुल्य बराबरको हाजमोला र कोलगेट बरामद गरेको हो । भारतीय कारोबारीले बोरामा हालेर सो सामान लुकाइछिपाई भारत लैजाने क्रममा सशस्त्र प्रहरीले बरामद गरेको जनाइएको छ । बरामद गरिएको ६१ बट्टा हाजमोला र चार दर्जन कोलगेटलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइसकेको सशस्त्रले जनाएको छ । यसअघि सोही नाकाबाट वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले हाजमोला र कोलगेट बरामद गरेको थियो ।






























