सप्तरीमा भारतीय समूहले गोली चलाउँदा एकजना घाइते

0
207

सप्तरी, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका(१३ गोबरगाढामा गोली चलेको छ ।

बुधबार साँझ नेपाल प्रवेश गरेका भारतीय नागरिकले गोली प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार उनीहरुले ५–६ राउन्ड गोली फायरिङ गरेको बताइएको छ । छर्रा लागेर स्थानीय महेन्द्र पासमान घाइते भएका छन्

सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले पासवानमाथि भारतीय नागरिकले गोली प्रहार गरेको जानकारी दिनुभयो । उहाँले भारतीय जाबेद भन्ने व्यक्तिले गोली हानेको र उनको खोजीमा प्रहरी लागिसकेको बताउनुभयो ।

घटनास्थल गोबरगाढा गाउँ कोशीको मध्यभागमा पर्छ । उक्त गाउँ भारतीय सिमासँग जोडिएको छ । त्यहाँ पटक(पटक भैंसी चोरी भएको छ । चोरीको आरोपमा एक भारतीयलाई गोबरगाढाबासीले नियन्त्रणमा लिएपछि गोली प्रहार गरिएको बुझिएको छ।

गोबरगाढामा भारतीयहरु आएर गोली प्रहार गरेको सूचना आएको र त्यसतर्फ नेपाल तथा सशस्त्र प्रहरी परिचालित भइसकेको सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here