शोक प्रस्ताव पारित

0
134

झापा,
प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

घले नेपाली कांग्रेसबाट विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको ५९ वर्षको उमेरमा यही माघ २४ गते मङ्गलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन ३ गते बिहान ११ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here