नायक श्रीदेव र मोडल गीताको भेडीगोठमा रोमान्स

0
336

विमल दहाल, इलाम ।

मोफसलबाट अभिनय यात्रा शुरु गरेका इलाम माई नगरपालिका-२ गोरखे स्थायी निबासी गीत भिडियोका सुपरस्टार विश्व किर्तिमानी नायक श्रीदेव भट्टराई केहि समयदेखि रोमान्टिक गीतभिडियोहरुमा रुचि बढाएका छन्।

कमेडी बेसको अन्जुरानी मंजुरानी, सिरियस पीडा, मायामा आधारित तिमि मेरो पूजा, डान्सिङ्ग बिटको सुगर फ्री लगायत कैयौ‌ गीतहरुमा लगातार देखिदै आएका छन् । युवा नायक श्रीदेव ।

नेपालका अनुशासित अवार्ड पाउने एकमात्र कलाकार तथा सफल नायक श्रीदेव चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा ब्यस्त देखिन थालेका छन्। नायक श्रीदेवका दुई चलचित्र कुइनेटो र चिठी बजारमा आउन बाँकी छ।

हालै रिलिज मायापिरतीमा आधारित गीत बजारमा आएको छ । नायक श्रीदेव र ओए काजल, रुकुमकोट लगायत धेरै चर्चित गीतको मोडल गीता ढुंगाना अभिनित ‘यो माया….’ गीत युटूबमा आई सकेकोछ ।

विशेष गरेर प्रणय दिवसको अवसर पारेर यो माया नामक गीत बजारमा आएको छ। शब्द दिनेश सुबेदीको रहेको छ भने संगीत र एरेन्ज संयोजन राई सन्तोषको रहेको छ ।

त्यस्तै चर्चित गायक प्रताप दास र गायिका श्रद्धा दियालीको स्वर रहेको छ भने भिडियो निर्देशक केशब भट्टले गरेका छन् । सुर्य ओलीको प्रडक्सन, प्रिया कार्कीको श्रृङ्गार र प्रकाश खड्काको छायाँङ्कन रहेको छ भने ओएसआर डिजिटलबाट यसको प्रसारण गरिएको छ। मकवानपुरको रमणीयस्थल कुलेखानी, भेडीगोठ लगायतको मनोरम दृश्य रहेको छ।

इलामको माटोमा जन्मभई काठमाडौ कर्मथलो बनाएका नायक हाल निरन्तर अभिनयमा समर्पित रहेका छन। आफ्नो मातृभूमिलाई कलाकारिता क्षेत्र मार्फत औधि माया गर्ने नायक भट्टराईलाई अझै इलामले चिन्न भने सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here