चक्रपथ विस्तार आयोजनामा चरम लापरबाही

0
78

काठमाडौं ।

नेपालमा निर्माणधिन चिनियाँ लगानीका धेरै आयोजनाहरुलाई उनिहरुले समयमा काम सम्पन्न नगरी अलपत्र पार्ने गरेका तथ्यहरु प्रसस्तै छन। नेपाललाई चिनियाँ कुटनितीले मात्र होईन चिनियाँ ठेकेदारहरुले पनि हेप्ने गरेकाछन् ।

आयोजनामा टेन्डर प्राप्तगर्ने निर्माण ठेक्का लिने तर कामभने समयसिमा भित्र नसक्ने , ढिलो गर्ने , आफुअनुकुल भयो भने गर्ने नत्र नगर्ने लगायतका हेप्ने प्रवृतिको विकास भएर गइरहेको छ । पछिल्लो केही बर्षदेखि चिनियाँ ठेकेदारको ढिलासुस्तीले काठमाण्डौको चक्रपथ विस्तारको काम अन्योलमा परिरहेको छ । चिनियाँ प्राविधिक टोलीले ५ वर्षसम्म पनि दोस्रो खण्डको विस्तारको प्रारम्भिक ईन्जिीनियरिङ्ग डिजाईन नपठाउंदा चक्रपथ निर्माणको काम रोकिएको छ भने काठमाण्डौका जनताले दुःखभोग्नु परिरहेको छ ।

चक्रपथ विस्तार सुरु गरेको ५ वर्षमा पनि खासै उपलब्धि नभएको यो सडक खण्ड निर्माणमा नेपाल सरकारले गर्नुपर्ने काम सबै सकिए पनि चिनियाँपक्षले वेवास्ता गरी काममा ढिलाई गरिदिदा काम अगाडी बढ्न सकिरहेको छैन । चक्रपथ विस्तार आयोजनामा नेपाली पक्षले सबै काम सकेपनि चिनियाँ पक्षले डिजाईन नपठाउंदा काम रोकिएको छ । चक्रपथ विस्तार आयोजनामा नेपालको तर्फबाट सबैसाईट क्लियर भईसकेको छ ।

केही समस्या भए नेपाल सरकार आफैले बनाउने हो तर यसका लागि डिटेल डिजाईनको आवश्यक्ता पर्छ तर चिनको लापरवाहीको कारण अहिले सम्म चिनियाँपक्षले डिजाईन पूरागरेको छैन । विभिन्न बाहानाबाजी र समस्या देखाएर उनीहरु पन्छिने गरेकाछन् । चिनियाँ पक्षको अनावश्यक सर्तहरुले गर्दा चक्रपथ विस्तार आयोजना नै अन्योलमा परिरहेको छ । यसले समयमै निर्माण सम्पन्न गर्नुपर्ने राष्ट्रिय गौरवको यो आयोजनाको भविष्य चिनियाँ पक्षको कारण अन्योलमा परेकोछ ।

चिनियाँ पक्षले यतिसम्म मनपरी गरेको छ की चक्रपथ विस्तार आयोजनाको डिजाइन पुरा नगरेर काम रोकेरराखेको छ । प्रारम्भिक डिजाईन पठाउनुको सट्टा चिनियाँ पक्षले नेपालमा साईट क्लियरेन्सको सबै काम सक्नुपर्ने अडान लिएर बसेको छ तर सो आयोजना प्रमुखको भनाइ अनुसार अव नेपाल आएर चिनियाँ पक्षले चक्रपथ विस्तारको काम गर्न कुनै समस्या छैन यस विषयमा सम्बन्धित मन्त्रालयले चिनियाँ दुतावासलाई जानकारी पनी गराईसकेको छ । साईट क्लियरेन्स अन्तर्गत रुखकटान , विजुली पोलसार्ने तथा खानेपानी पाईपलाईन व्यवस्थापन लगायतका काम नेपालपक्षले सकिसकेको छ तर यस विषयमा कुनैपनि चासो चिनियाँ पक्षले लिएको छैन ।

१०० प्रतिशत क्लियरेन्सको अव्यवहारिक अडान राखेर चिनियाँ पक्षले काम अल्झाएर नेपाललाई दुःख दिईरहेको छ । चक्रपथ विस्तार आयोजनामा चिन सामु नेपालको कुटनैतिक पनि धेरै हदसम्म असफल भईरहेको बुझ्नसकिन्छ । यसले एकातर्फ नेपाल र चिन विचको कुटनितिमा समस्या ल्याएको छ भने अर्को तर्फ समयमा कामनहुंदा नेपालीहरुले दुःख खेपीरहेका छन् । यस्तो अवस्थामा पनि चिनियाँ पक्षले अनावश्यक कुरा निकालेर चक्रपथ विस्तार आयोजनामा चिनले मनोमानी गरिरहेको छ । यो त एउटा उदाहरण मात्र हो नेपालमा जतीपनि चिनियाँ कम्पनिहरुले नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण गरिरहेको छ ती सबै आयोजनामा यस्तै समस्याहरु देखा परिरहेका छन् ।

आयोजना निर्माणको जिम्मा लिने तर काम नर्गर्ने चिनियाँ पक्षको नियतले धेरै आयोजनाहरु अहिले पनि अलपत्र अवस्थामा रहेका छन् । आयोजनाका सम्झौता पत्रहरुमा हस्ताक्षर गरेर चिनफर्किए पछि फेरी नेपाल नझर्ने गरेकाछन् । आयोजनालाई ओगटेर काम नगर्दा विकास निर्माणको कामले गति त लिन सकेन सकेन समयमा सम्पन्न हुनुपर्ने धेरै आयोजनाहरु त्यसै अलपत्र अवस्थामा रहेकाछन् ।यसबाट नेपाल र नेपालीले अनावश्यक दुःख र समस्या खेप्न बाध्य भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here