चीनको तानाशाह अन्त्य गर्न भारतको सहयोग आवश्यक : अमेरिका

0
120

काठमाडौं । 

युद्ध, महामारी, महगाइँ र खाद्यान्न तथा ऊर्जा सङ्कटका कारण विश्व पीडित भइरहेका बेला भारतले आफूलाई बलियो बनाएको मात्र छैन, सबैको कठिनाइमा सहयोगीको भूमिका पनि निर्वाह गरेको छ। अफगानिस्तानमा जब तालिबानले मानवतामाथि खतरा उत्पन्न गऱ्यो तब भारतले मानवीय सहायताका लागि अफगानिस्तानलाई खाद्यान्नको ठूलो खेप पठाएको थियो। त्यसैगरी युक्रेन युद्धमा भारतले मानवताको उदाहरण प्रस्तुत गर्दै ठूलो सहयोग गरेको थियो ।

जब आर्थिक मन्दीले श्रीलंकामा विनाश निम्त्यायो, त्यसबेला पनि भारत सहयोगी बन्यो र जब टर्की र सिरियामा भूकम्पको त्रासदीले सबैकुरा ध्वस्त पाऱ्यो त्यस समय पनि मानवताको रक्षाका लागि भारत अग्रस्थानमा उभियो। विश्वव्यापी आर्थिक मन्दी, युद्ध र महामारीका चुनौतीहरूको बाबजुद भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्यो। त्यसैले अहिले अमेरिका पनि भारतको प्रशंसामा उभिएको छ।

विश्व बैंकदेखि लिएर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सम्मले सन् २०२३ विश्व अर्थतन्त्रका लागि सबैभन्दा महत्वपूर्ण समय रहेको बताएको छ । विश्वलाई डुब्नबा बचाउन भारतले अहम भूमिका निर्वाह गर्न सक्छ, त्यसैले अहिले अमेरिकाले यो तथ्यलाई स्वीकार मात्र गरेको छैन, विश्व अर्थतन्त्रलाई बलियो बनाउन भारतको सहयोग आवश्यक रहेको खुलामञ्चमा पनि भनेको छ ।

अमेरिकी कांग्रेसका वरिष्ठ सदस्य चक शुमरले भारतलाई विश्वको एक प्रमुख शक्तिको रुपमा व्याख्या गरेका छन् । उनले अमेरिकालाई लोकतन्त्र बलियो बनाउन, प्रविधिको प्रगति र बलियो विश्व अर्थतन्त्रका लागि भारतको सहयोग आवश्यक रहेको बताए । उनले भारत र अमेरिकाबीचको बलियो सम्बन्धले विश्वलाई नयाँ आयाम दिने बताए ।

अमेरिकी कांग्रेसका वरिष्ठ सदस्य चक शुमरले भारतलाई विश्वको एक प्रमुख र अग्रणी शक्तिको रूपमा व्याख्या गरेका छन्। उनले अमेरिकालाई लोकतन्त्र बलियो बनाउन, प्रविधिको प्रगति र बलियो विश्व अर्थतन्त्रका लागि भारतको सहयोग आवश्यक रहेको बताए। उनले भारत र अमेरिकाबीचको बलियो सम्बन्धले विश्वलाई नयाँ आयाम दिने बताए ।

जसरी चीनले दक्षिण चीन सागरदेखि लिएर इन्डो–प्यासिफिक सागर र यससँग जोडिएका देशहरूमा तानाशाही देखाउँदै आएको छ, त्यसलाई भारतले एकदिन अन्त्य गर्नेछ भन्ने पनि अमेरिकाको विश्वास छ। अमेरिकाले चीनको बढ्दो साम्राज्यबाट विश्वको लोकतन्त्रलाई खतरा पर्ने देखिरहेको छ । भारत विश्वको सबैभन्दा ठूलो र बलियो लोकतन्त्र भएको अमेरिकालाई विश्वास छ।

त्यसैले मानवताको हितका लागि भारत बलियो हुनु आवश्यक छ र यसका लागि अमेरिका भारतसँग कदममा कदम मिलाएर हिड्न तयार छ । अमेरिकाले भारत र अमेरिकाबीचको बलियो सम्बन्ध चीनको तानाशाही अन्त्य गर्ने बलियो आधार बन्नसक्ने बताएको छ । चीनको अर्थतन्त्रलाई पनि हराउन सक्ने भारत एक मात्र देश हो भन्ने अमेरिकाको मत छ।

अमेरिकाको एउटा उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डल यतिबेला भारत आएको छ। अमेरिकी सांसद चक शुमर यसको नेतृत्व गरिरहेका छन्। उनले २० फरवरीको दिन प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गरेका थिए । प्रतिनिधिमण्डललाई भारतीय पक्षले न्यानो स्वागत गरेको थियो ।

यसपछि उनले भारत र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध चीनलाई हराउन महत्वपूर्ण साबित हुने बताएका थिए। शुमरले एसिया र विश्वभर लोकतन्त्रलाई बलियो बनाउनु पर्ने बताए ।

भारतजस्तो विश्वको बलियो लोकतन्त्रले मात्र हाम्रो यो उद्देश्यलाई सार्थक बनाउन सक्छ। त्यसैले अमेरिका मात्र होइन, सारा विश्वलाई भारतको समर्थन चाहिन्छ। जसले गर्दा विश्वमा लोकतन्त्र स्थापित होस्। अमेरिकी सांसदहरूले लामो समयसम्म प्रधानमन्त्री मोदीसँग द्विपक्षीय आर्थिक, रणनीतिक र रणनीतिक सहयोगका बारेमा छलफल गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here