ब्राउन सुगरसहित चार जना पक्राउ

0
94

बिराटनगर ।

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरी पक्राउ गरेको छ ।

झापाको दमक नगरपालिका–१ मा लागूऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक–७ का २३ बर्षीय रविन कटुवाल र उनको श्रीमती २१ बर्षीया अनिता बिकलाई ६ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

उता मोरङको बिराटनगर महानगरपालिका–१५ ढाटमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको को २७ प ८८९५ नम्बरको मोटरसाईकलको ट्याङकी मुनि लुकाई छिपाई राखेको अवस्थामा ८ ग्राम ७८ मिलि ग्राम ब्राउन सुगर फेला पारे सगै मोटरसाईकलमा सवार रहेका धरान–८ का ३० बर्षीय जंगमनी मगर र धरान( ७ का २७ बर्षीय बिक्रम राईलाई पक्राउ गरेको हो ।

लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here