विमलीको घरमा कालो झण्डा गाड्दै घर कब्जाको घोषणा

0
101

झापा, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले झापाको बिर्तामोडमा रहेको नबराज विमलीको घरमा कालो झण्डा गाडेको छ ।
नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपाले घर कब्जाको घोषणा गर्दै घरमा आज दिउँसो कालो झण्डा गाडेको हो । बिर्तामोड नगरपालिका – ५ स्थित कृषि थोक बजारमा रहेको विमलीको तीन तले घर कब्जा गरिएको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का केन्द्रीय सदस्य सुमनसिंहले जानकारी दिनुभयो ।
बिमली झापाका ठूला मिटरब्याजी रहेको र उनले धेरैलाई घरबार विहीन बनाएको भन्दै पार्टीमा उजुरी परेपछि पार्टीले जनकारवाही स्वरुप घर कब्जा गरिएको बताइएको छ ।
बिर्तामोडस्थित मुक्तिचौक नजिकैबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मिटरव्याजी विरुद्ध नारावाजी गर्दै विमलीको घरमा पुगेर घरमा कालो झण्डा गाड्दै तालाबन्दी घरमा तालाबन्दी गरिएको थियो । सो क्रममा स्थानीयसंग गरिएको मिटरव्याजको कारोवार तत्काल नमिलाए थप जन कारवाही हुने चेतावनी समेत दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा एक सय भन्दा बढी मिटर व्याजीका विरुद्धमा उजुरी परेपनि जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई कारवाही नगरेको भन्दै जन कारवाही स्वारुप विमलीको घरमा कालोण्डा गाड्दै घर कब्जा गरिएको नेकपाका केन्द्रीय सदस्य सिंहले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here