नेपालमा चिनियाँ लगानी डुब्ने र डुबाउने

0
75

काठमाण्डौ,

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली किनिदिन भारतलाई नेपालले पत्राचार गरेको डेढ वर्ष बितिसक्यो ।

गत ०७८ कात्तिकमा योसहित ५ आयोजनाको विद्युत् किनिदिन नेपालले प्रस्ताव गरेको थियो । भारतीय कम्पनीको लगानी भएका आयोजनाको विद्युत् खरिद गर्न उसले स्विकार्‍यो । तर पूर्ण रूपमा नेपाली पुँजीमै निर्माण भएको तामाकोशीको बिजुली भारतले नकिन्नुमा ‘भारतीय कम्पनीको लगानी नभएकाले’ भन्ने अड्कलबाजी छ ।

सरकारले भने यस आयोजनाले पनि अनुमति पाउने आशा राखेको छ । वास्तविक रूपमा नेपालले हिजोआज भारतीय र नेपाली लगानी नभएका आयोजनाको बिजुली किनिदिन पत्राचार नै गर्दैन ।

यस कारण हुन सक्छ, नेपालबाट मुख्यतः चिनियाँ लगानीकर्ता हच्किन थालेका छन् । निर्माणाधीन आयोजनाको गति सुस्त बनाएका छन् भने कतिपय चिनियाँ लगानीकर्ता सम्पर्कमै छैनन् । यसलाई विज्ञहरूले जलविद्युत्को बजार भारततर्फ एकाधिकार हुनुको प्रभाव ठानेका छन् ।

भारतले सन् २०१६ मा ल्याएको र २०१८ मा परिवर्तन गरेको ‘अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका’मा विद्युत् व्यापार नभएका मुलुकबाट उत्पादित बिजुली नकिन्ने नीति लिएपछि आयोजना निर्माणबाट चिनियाँ लगानी क्रमशः बाहिरिन थालेको छ ।

गत वर्षदेखि नेपालले भारतीय बजारमा ४५२ मेगावाट बिजुली बिक्री गरिरहेको छ । नेपालले अनुमतिका लागि पठाएका ४५६ मेगावाटको तामाकोसीसहित १८ आयोजना १ हजार १० मेगावाट बिजुली बिक्रीका लागि भारतले अनुमति दिएको छैन । भारतले अड्काउने भएपछि नेपाल विद्युत् प्राधिकरणले पनि आफूले बनाएका आयोजना र केही नेपाली आयोजनाको नाम पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here