कनकाई नगरपालिकाको वजेट ६७ करोड, ८७ लाख २४

0
138

कनकाई, झापाको कनकाई नगरपालिकाको आर्थिक बर्ष २०८०÷ ०८१ का लागि ६७ करोड, ८७ लाख २४ हजार १ सय ७५ रुपैँयाको बार्षिक बजेट प्रस्तुत भएको छ ।

आज भएको नगरको १३ औ नगरसभाबाट नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले यस आर्थिक बर्षका लागि उक्त बजेट प्रस्तुत गरेकी थिइन् । आशा शर्मा शिवाकोटीले अघिल्लो आर्थिक बर्ष २०७९÷८० को भन्दा ६ करोडले कम बजेट सार्बजनिक गरेकी थिइन् । अघिल्लो आर्थिक बर्षमा कनकाई नगरपालिकाले ७३ करोड , ८५ लाख रुपैँयाको बजेट निर्माण गरेको थियो । यस आर्थिक बर्षमा बजेट घटेसगै कनकाईको ३ नम्बर वार्ड बाहेक सबै वार्डको बजेट सिलिङ समेत घटेर आएको छ । अघिल्लो आर्थिक बर्षमा वार्डनम्बर ३ मा १ करोड १७ लाख २२ हजार ७०० रुपैँया छुट्टिएकोमा यस आर्थिक बर्षमा १ करोड २६ लाख ३२ हजार ९७ रुपैँया बजेट बिनियोजन गरिएको छ । बाकी ८ वटै वार्डमा घटेर बजेट गएको छ ।

यस आर्थिक बर्षको बजेटमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत खर्च हुने २८ करोड रुपैँया भने समावेश नगरिएको कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले बताइन् । बजेटमा संघिय सरकारबाट प्राप्त हुने वित्तिय सामानिकरण अनुदान रकम १३ करोड १२ लाख रुपैँया, कोशी प्रदेश सरकारबाट प्राप्त हुने रकम ८३ लाख १८ हजार रुपैँयाको अनुदान प्राप्त हुने अनुमान बजेटमा गरिएको छ । यसैगररी संघीय तथा प्रदेश सरकारको राजस्वय तथा रोयल्टी समेतको बाडफाडबाट प्राप्त हुने अनुदान रकम ११ करोड ३ लाख ५९ हजार ८ सय ४२ रुपैँया, यसैगरि नगरपालिकाको आर्थिक ऐन बमोजिम विभिन्न कर तथा आन्तरिक स्रोतहरुबाट प्राप्त हुने अनुमानित ८ करोड ३४ लाख ७१ हजार ३३३ रुपैँयाको अनुमान गरिएको छ । यसैगरी चालु आर्थिक बर्ष ७९÷८० को बाकी रहने अनुमानित स्थानीय संञ्चित कोषको रकम १ करोड ५० लाख रुपैँयाको अनुमान गरिएको छ । यसैगरि संघिय तथा प्रदेशबाट प्राप्त हुने समपुरक अनुदान रकम पुजीगत तर्फ २ करोड ७४ लाख रुपैँया राखिएको छ । संघिय तथा प्रदेश सरकारबाट सर्सत मार्फत आउने २४ करोड ९ लाख ७५ हजार रुपैँयाको अनुमान गरिएको छ । यसैगरि संघिय सरकारको विशेष अनुदानबाट प्राप्त हुने अनुमानित रकम २ करोड रुपैँयालाई बजेटमा राखिएको छ । यसैगरि ऋण स्वरुप संघिय प्रदेश सरकार विभिन्न सरकारी तथा दातृ निकाय संघ संस्था तथा ब्याक्तिसमेतबाट प्राप्त हुने रकम ४ करोड २० लाख रुपैयालाई बजेटमा समेटिएको छ ।

यसैगरि यस आर्थिक बर्षको बजेटमा कृषिका लागि विभिन्न पकेट क्षेत्र, कृषि औजार तथा सामाग्री खरिद, उन्नत मल बिउ बिजन समेतका लागि २ करोड ५९ लाख ३८ हजार रुपैँया बजेट बिनियोजन गरिएको छ । यसैगरि सिचाईकै लागि कृषियोग्य जमिनलाई सिचाई मोटर खरिद लगायातका लागि ३५ लाख रुपैँया, पशुपक्षि विकासका लागि दुग्धजन्य तथा मासुजन्य पदार्थको आयत कम गर्न र उत्पादन बढाउनका लागि २६ लाख ५० हजार रुपैँया बजेट बिनियोजन गरिएको छ । यसैगरि उद्योग व्यापार व्यावसायलाई प्रसोधन र बजारीकरण का लागि १२ लाख रुपैँया बजेट बिनियोजन गरिएको छ । यसैगरि पर्यटन तथा संस्कृति कार्यक्रममा १५ लाख, भुमि व्यावस्था र सहकारीका क्षेत्रमा ५ लाख रुपैँया, श्रम तथा रोजगारीका क्षेत्रमा ५५ लाख रुपैँया, गरिबी निवारण कार्यक्रममा ४४ लाख रुपैँया बजेट बिनियोजन गरिएको छ । यसैगरि स्वास्थ्य तथा पोषणमा ३ करोड ३५ लाख ६२ हजार, शिक्षा भाषा कला तथा साहित्य कार्यक्रममा १९ करोड ६४ लाख रुपैँया , खानेपानी तथा सरसफाईतर्फ ३० लाख रुपैँया, महिला बालवालिकातर्फ १ करोड ३८ लाख २५ हजार रुपैँया, युवा खेलकुदमा ९९ लाख रुपैँया बजेट छुट्टाइएको छ ।

यसैगरी सामाजिक सुरक्षा तथा पंञ्जिकरणमा ११ लाख रुपैँया बजेट बिनियोजन गरिएको छ । यसैगरि मेयर आवास कार्यक्रमका लागि ८० लाख रुपैँया बजेट बिनियोजन गरिएको छ । नगरका वडा कार्यालयको भवन निर्माणका लागि ५० लाख रुपैँया, यसैगरि कनकाई नगरको आफ्नै थप भवन निर्माणका लागि २० लाख रुपैँया, आधारभुत अस्पताल, कोच भवन र झोलुङ्गे पुल निर्माणका लागि ७० लाख रुपैँया बजेट बिनियोजन गरिएको छ । जलस्रोत विद्युत तथा उर्जाका लागि नगरले २५ लाख बजेट बिनियोजन गरेको छ । यसैगरि वन वातावरण तथा विपत व्यावस्थापनका लागि ३ करोड रुपैँया बजेट बिनियोजन गरिएको छ । यसैगरि संस्थागत विकास तथा सुशासनका क्षेत्रमा १९ करोड ९५ लाख ७२ हजार १७५ रुपैँया बजेट विनियोजन गरिएको छ । यसैगरि विविध योजना तथा कार्यक्रमतर्फ ८ करोड ५० लाख रुपैँया बजेट बिनियोजन गरिएको छ ।

कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले संञ्चालन गरेको उक्त नगरसभामा नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बजेटलाई जनमुखी बनाउनका लागि सबै पक्षको साथ र सहयोग चाहिने भन्दै २ वटा बिधेयाकहरु संस्थागत विकास तथा क्षमता विकास र वन तथा विपत व्यावस्थापनको विधेयकलाई पेश गनुभएको थियो दुबै बिधेयक पास भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here