पथरी शनिश्चरे,
मोरङको पथरीशनिश्चरे ०१ नर्वदेश्वर शिवालयको हलमा लायन्स क्लब अफ पथरी ,पथरीशनिश्चरे, क्रिएटिभ लेडिज, योङ्गहर्ट तथा लियो क्लब पथरीद्वारा संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्।
हरेक वर्ष झैं यस वर्ष पनि आजै दिन शनिबार जुलाई ०१ तारिखको अवसर पारेर पथरीशनिश्चरे नगरपालिकामा विभिन्न लायन्स क्लबहरूले उक्त कार्यक्रम आयोजना गरेका हुन्।
लायन्स क्लब अफ नेपालका फष्ट भाईस डिष्ट्रिक्ट गभर्नर एवं डिष्ट्रिक ३२५ ुसीु का प्रमुख विकास अधिकारीले उद्घाटन गर्नु भएको सो कार्यक्रमको अध्यक्षता लाइन्स क्लब पथरी ९होम क्लब० का प्रेसिडेन्ट भगत चन्द थपलियाले गर्नुभएको थियो।
पथरीशनिश्चरे नगरका विभिन्न लायन्स क्लबहरूका पदाधिकारीहरु , सुनाखरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप कुमार राई, सहित दुई दर्जन बढीले रगत दान गरेको लायन्स क्लब अफ पथरीकी सचिव विष्णु माया तामाङले जनाईन्। उक्त अवसरमा डिस्ट्रिक ३२५ु सीुका ट्रेनिङ पुल चिफ रोशन बुढाथोकी, जोन चेयर पर्सन भगवती , जोन चेयर पर्सन देवी राई , चापागाईं मेडिकलका बाल रोग विशेषज्ञ समेत रहनुभएका स्वास्थ्यकर्मी हेमचन्द्र चापागाईं , लायन्स क्लब अफ पथरीशनिश्चरेकी भोज कुमारी लावती, लायन्स क्लब अफ क्रिएटिभ लेडिजकी शारदा बस्नेत ,लायन्स क्लब अफ योङ्गहर्टका सरोज राई तथा लियो क्लब पथरीकी नमिरा पौड्याल समेतको उपस्थिति रहेको थियो।
रेडक्रस सोसाइटी अफ मोरङको स्वास्थ्य प्राविधिकहरुको टोलीले उक्त अवसरमा स्वास्थ्य सम्बन्धी सहायता पुर्याएको थियो।लायन्स क्लब अफ पथरीकी सचिव विष्णु माया तामाङले उक्त कार्यक्रममा २ दर्जन बढीले रक्तदान गरेको जनाउनु भयो।































