पेस्तोल र तीन थान गोलीको खोकासहित एक जना पक्राउ

0
46

महोत्तरी ।

रामगोपालपुर नगरपालिका–१ लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डललाई पेस्तोल एक थान र गोलीको खोका तीन थानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-१ बसबिट्टी बजारमा कौशलले पेस्तोलबाट गोली प्रहार गर्दा सोही ठाउँ बस्ने ४४ वर्षीय श्रवण यादव घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।

घाइते यादवको जानकी एकेडेमी हस्पिटल पर्सादेवाड रामगोपालपुर हुँदै जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बतााइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here