राधामाधव सेवा समिति बिर्तामोडको अध्यक्षमा भू–विक्रम

0
48

झापा ।

राधामाधव सेवा समिति बिर्तामोड(झापा) को अध्यक्षमा भू–विक्रम बस्नेत चयनभएका छन् ।

संस्थाको प्रथम साधारण सभाबाट बस्नेत अध्यक्षमा चयन भएका हुन् । राधामाधव सेवा समितिकाजग्गादाता समेत रहेका बस्नेत सामाजिक क्षेत्रमा क्रियाशिल ब्यक्ति हुन् ।

समितिको उपाध्यक्षमा बिर्तामोड निवासी दुर्गादेवी ढकाल, सचिवमा कमला खरेल कार्की, कोषध्यक्ष विष्णुमाया खरेल पाण्डे र सह–सचिवमा शिवकुमार प्रसाई चयनभएका छन् ।

समितिको सदस्यमा टीकारामओझा, रामप्रसाद न्यौपाने, गिता कार्की, विमला बस्नेत र झुमा बस्नेत रहेका छन् । त्यस्तै राधामाधव सेवा समितिको संरक्षकको रुपमा बिनु गिरी चयन भएकी छन् भने विद्धत समाजको संयोजकमा रामप्रसाद दुलाल चयन भएका छन् । दुलालको संयोजकत्वमा २१ सदस्य समिति रहने छ । सदस्यमा विष्णु तिम्सिना, मदन पाण्डे, डम्बर बिकली, गिता प्रसाई लगायत छन् ।

सुुनिल क्षेत्री संयोजक रहेको डीवाईसी समेत गठन भएको छ । गठित समितिका पदाधिकारी पछि थपहुने बताइएको छ । राधामाधव सेवा समिति बिर्तामोड जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेर धार्मिक आध्यात्मिक तथा समाजिककार्य गर्दै आएको बताइएको छ ।

नेपालपत्रकार महासंघ कोशीप्रदेश कार्यसमिति सदस्य तथा पूर्वाञ्चल दैनिकका सह–सम्पादक सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्यम ाभएको साधारण सभामा संस्थाका निर्वतमान अध्यक्ष रामप्रसाद दुलालले संस्थाको गतिविधिका विषयमा प्रकाश पारेका थिए । उनले संस्थाले आर्थिक वर्ष २०८०–८१ मा राधामाधव सेवा समितिको नाममाजग्गाप्राप्तगर्ने र संस्थालाई आवश्यक पर्ने जग्गादाता भू–विक्रम बस्नेत र बिमला बस्नेतले प्रदान गरेकाले संस्थाका नाममा ल्याइने बताए ।

त्यस्तै सोहीजमिनमा सत्सङ भवननिर्माण थालिने बताए । संस्थालाई फर्निचर लगायत साधनाकाअन्य सामानको समेत आवश्यक परेकाले सो को ब्यवस्थापन गरेर जति सक्दो चाँडो सत्सङ भवननिर्माण गर्ने बताए ।

उनले जगत गुरु स्वमी हरिदास महाराजको प्रेरणाले महाराजका भक्तबाटै सहयोग संलकनगर्दै भनवनिर्माण गरिने बताए । उनले सबै महाराजकाभक्तलाई सहयोगको अपिल समेत गरे । संस्थाका उपाध्यक्ष बिमला बस्नेतले स्वागत र कोषध्यक्ष विष्णुमाया खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा टीकाराम ओझा, मुकुन्दकुमारी ढकालले जगत गुरु कृपालुजी महाराजका बारेमा धारणा राखेका थिए ।

राधामाधव सेवा समितिको सत्सङ भवन निर्माणमा सहयोग पु¥याउने उद्धेश्यले कार्यक्रमका प्रमुख अतिथी समेत भण्डारीले नगद पाँच हजार रुपैंया सहयोगको घोषणा गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव दुर्गादेवी ढकालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here