रोल्पामा बस दुर्घटना : चार जनाको मृत्यु

0
110

रोल्पा,

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । मत्यु हुनेमा तीन पुरुष र एक महिला छन् ।

रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नं को बस त्रिवेणी गाउँपालिका–७ तिला रीचिमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिकाका २२ वर्षीय प्रकाश बाँठा, माडी–४ का ५० वर्षीय गोरख डाँगी र उनकी श्रीमती ४५ वर्षीया हस्ता डाँगी र परिवर्तन–३ का ४६ वर्षीय भक्त विक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । बस सडकदेखि करिब एक सय ५० मिटर तल खसेको सूचना अधिकारी भुसालले बताउनुभयो ।

दुर्घटनामा परी घाइते हुनेमा रोल्पाको माडी–६ का १४ वर्षीय नवीन बुढा, वडा नं ७ का ६२ वर्षीय कमानसिंह सुनार, रोल्पा नगरपालिका–६ दार्वोटका २५ वर्षीय कमानसिंह घर्तीमगर र माडी–४ का ९ वर्षीय मिलन डाँगी छन् ।

अन्य घाइतेमा माडी–६ कोर्चवाङका १५ वर्षीय मुकेश पुन, माडी–२ का २० वर्षीय जितेस बाँठा, सोही ठाउँका २३ वर्षीया हिमानी घर्तीमगर र उनका ११ महिनाको छोरा ओल्सन छन् । अन्य घाइतेमा माडी–४ का ३३ वर्षीया कविता खड्का र उनको पाँच वर्षको छोरा युस, माडी–४ का २६ वर्षीया मीना डाँगी तथा माडी–२ का २८ वर्षीया त्रिपना बाँठामगर छन् ।

यस्तै उक्त दुर्घटनामा परी घाइते हुने अन्यमा परिवर्तन–३ का २४ वर्षीय खुम्बु बुढामगर, त्रिवेणी–२ नुवागाउँका १७ वर्षीया पूर्णिमा बुढामगर, सोही ठाउँका १३ वर्षीया सुस्मिता बुढामगर, माडी–२ घर्तीगाउँका ४० वर्षीया बिर्जना घर्तीमगर र २४ वर्षीय कमल खड्का, रोल्पा नगरपालिका–६ दारबोटका २४ वर्षीय ईन्द्रकुमार घर्तीमगर तथा दाङको घोराही उपमहानगरपालिका–१२ हापुरका २४ वर्षीय चालक हुमराज बस्नेत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here