छमछम नाच्ने सावित्री गिरीको तीजगीत “माइत जाने बाटो” बजारमा

0
119

झापा ।

साहित्यमा गजललाई कडी बनाएर लागेकी गजलकार सावित्री गिरीको तीज गीत बजारमा आएको छ।

युट्युब मार्फत सार्बजनिक भएको गिरीको माइत जाने बाटो सार्बजनिक भएसंगै उनी चर्चामा छिन्। हिन्दु नारीहरुको महानपर्व तीजको कोसेलीको रुपमा आगाडी सारेकी गिरीले माहिलाको बेदना संगसंगै सामाजिक यथार्तातालाई समेत समेटेकी छिन्।

रमाइलो भर्सनको गीतमा स्वर,संगीत र लय स्वयं गिरीले नै गरेकी छिन भने ,गीतलाई कृष्ण पुनले एरेन्ज गरेका हुन्। आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गरेकी माइत जाने बाटोमा सम्वृद्धि पाण्डे, शक्तिश्री कोइराला,सुर्य सारु मगर लगायतले बेजोड अभिनय गरेका छन्।

पुकार श्रेष्ठको निर्देशन रहेको भिडियोमा प्रिती गुरुङको नृत्य निर्देशन,शम्भु चालिसेको छायांकन, रबिन बिकको कलरिङ्ग र सम्पादन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here