समाजवादी मोर्चाको बैठक आज

0
46

काठमाडौँ,

समाजवादी मोर्चाको बैठक यही भदौ ३ गते नेकपा (एकीकृत समाजवादी पार्टी)को केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

आइतबार साँझ बस्ने बैठकमा मोर्चा आबद्ध चार दलका शीर्षनेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । मोर्चाको नेतृत्व अहिले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको छ ।

यसैबीच एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकमा आसन्न पोलिट्ब्यूरो बैठकका साथै केन्द्रीय कमिटी बैठकका तयारी तथा एजेण्डा, समाजवादी मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल भएको छ ।

पार्टीले यही भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक तथा यही भदौ ५ गतेदेखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको मिति र स्थान तोक्ने पार्टीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here