मेसु डा. खड्कासहित चार जना कर्मचारी पुरस्कृत

0
11

बिर्तामोड ।

निजामती सेवा दिवसको अवसरमा मेची अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट तथा वरिष्ठ जेनरल सर्जन डा. रामबाबु खड्कासहित चार जना कर्मचारी पुरस्कृत भएका छन् ।

निजामती सेवा दिवस मूल समारोह समितिको आयोजनामा भद्रपुरमा आयोजित कार्यक्रमकाबीच उत्कृष्ठ कर्मचारीका रुपमा उनीहरु पुरस्कृत भएका हुन् ।

पुरस्कृत हुने कर्मचारीहरुमा डा. खड्कासहित कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर होमनाथ गौतम र गौरीगञ्ज गाउँपालिकाकी वडासचिव एजिना भट्टराई रहेका छन् । उनीहरूलाई जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

उनीहरुलाई कार्यसम्पादन र लगनशीलताका आधारमा पुरस्कृत गरिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुदप्रसाद न्यौपानेले जानकारी दिए ।

यता निजामती सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा कर्मचारीहरूबीच आयोजना गरिएको निबन्ध प्रतियोगितामा कनकाई नगरपालिकाका वडासचिव इन्द्रसरोवर बजगाँई प्रथम भएका छन् ।

त्यस्तै, आन्तरिक राजश्व कार्यालयका सुब्बा विशाल काफ्लेदोस्रो भएका छन् । प्रथम पुरस्कार पाउने बजगाईंलाई पाँच हजार र दोस्रो पुरस्कार पाउने काफ्लेलाई तीन हजार नगद पुरस्कार प्रदान गरिएको बताइएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले झापामा निजामती कर्मचारीको सेवा उत्कृष्ट रहेको बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कानूनलाई निष्पक्ष रुपमा कार्यान्वयन गर्ने जिम्मेवारी निजामती सेवकको रहेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले निजामती कर्मचारी ज्यादै ‘रिएक्टिभ’ हुने गरेका कारण ‘प्रोएक्टिभ’ काम गर्न ध्यान नगएको बताए ।

कार्यक्रमकाबीच सरुवा भएर झापा आएका र बिदाइ भएर अन्यत्र जाने कर्मचारीलाई स्वागत तथा बिदाइ गरिएको थियो । यस अघि भद्रपुरमा रहेको मेची प्रादेशिक अस्पतालका विरामीलाई फलफूल समेत बितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here