भद्रपुरका विद्यार्थी पुरस्कृत, शिक्षकलाई सम्मान

0
10

भद्रपुर ।

नगरपालिकाले शिक्षक, विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

नगर शिक्षा, युवा तथा खेलकुद शाखाले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा एसईई परीक्षामा उत्कृष्ठ अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप, कक्षा ८ को परीक्षामा उत्कृष्ठ जीपीए ल्याउने विद्यार्थी र अवकाश प्राप्त बाल शिक्षकलाई पुरस्कृत, सेवा निवृत्त शिक्षक तथा उत्कृष्ठ शिक्षकलाई सम्मान गरेको छ ।

भद्रपुर–६ स्थित कृष्ण द्वैपायन वेद विद्याश्रम गुरुकुलको सभाहलमा आयोजित कार्यक्रममा सामुदायिक विद्यालयतर्फ २०७९ को एसईई परीक्षामा ३.८० जीपीए ल्याउने हिमाली माविका छात्र प्रतीक देउजा र ३.७५ जीपीए ल्याउने वीरेन्द्र माविकी छात्रा स्वकृति पौडेललाई एक÷एक थान ल्यापटप प्रदान गरिएको थियो । नगरपालिकाले विद्यार्थीलाई ल्यापटप वितरण गरेको यो दोस्रोपटक हो ।

कक्षा ८ को परीक्षामा सामुदायिकतर्फ उत्कृष्ठ जीपीए ल्याउने विद्यार्थीहरू वीरेन्द्र माविका नेतिहाङ लिम्बू, आरभ पोखरेल, दीप मोते, सुमनसिंह कोइरी, जान्सी भट्टराई, मेहरसा चापागाँई, समीक्षा प्रधान र हिमाली माविका अञ्जल मिश्रलाई नगदसहित सम्मान गरिएको थियो ।

त्यस्तै संस्थागततर्फ हिमालय इङ्लिस स्कूलका प्रशन्न प्रसाईँ, नेशनल मेरिगोल्डका प्रनिल सत्याल, सिद्धार्थ शिशु सदनका अर्पण मल्लिक, प्रज्ञा एकाडेमीका उज्ज्वल निरौला, एमरेल्ड एकाडेमीका क्षितिजराज अग्रवाल, विभूति विद्या मन्दिरका रिजन निरौला, हिमालय इङ्लिस स्कूलका सन्देश निरौला, ग्यालेक्सी इङ्लिस स्कूलकी अल्विना तामाङ, एसएस निकेतन अङ्ग्रेजी माविकी अंशु जैसवाल, मोरान मेमोरियलकी सविनाकुमारी महतो, एमरेल्डकी निकमा थापा, विभूतिकी भूमिका गुरुङ र साक्षी सङ्ग्रौला नगदसहित सम्मानित भएका छन् ।

त्यस्तै नगरपालिकाले पहिलोपटक अवकाश प्राप्त बाल शिक्षकलाई एकमुष्ट रकम दिएर बिदाइ गर्ने कार्यक्रमको सुरुवात गरेको छ । महेशपुर आधारभूत विद्यालयकी अवकाश प्राप्त शिक्षक गुणादेवी राजवंशीलाई ५० हजार रुपैयाँ प्रदान गरिएको थियो । राजवंशीले सो विद्यालयमा १८ वर्ष ११ महिना ६ दिन काम गरेकी थिइन् ।

नगरपालिकाले पहिलोपटक उत्कृष्ठ शिक्षकको रुपमा तीन जना प्रधानाध्यापकलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेहरूमा वीरेन्द्र माविका प्रधानाध्यापक खिलराज कोइराला, मेची आधारभूत विद्यालयका प्रधानाध्यापक चमकलाल राजवंशी र सिँचाई प्राविका प्रधानाध्यापक रामप्रसाद घिमिरे रहेका छन् ।

त्यसैगरी सेवा निवृत्त शिक्षकहरू पृथ्वी आविका नवकुमार राय, सरस्वती माविकी रुक्मा खरेल, हेमकला कार्की, सगरमाथा माविका कृष्णकुमार कार्की, पशुपतिनाथ आविका किसन न्यौपाने, श्रीप्राविका दिलीप प्रधान, श्रीसीता आविका लोकनाथ दाहाल, भद्रपुर माविका हेमप्रसाद ढुङ्गाना र महेशपुर आविकी सावित्रा न्यौपानेलाई दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरिएको थियो ।

सम्मानित तथा पुरस्कृत हुने शिक्षक तथा विद्यार्थीहरूलाई नगर प्रमुख गणेश पोखरेलले सम्मानपत्र तथा नगद हस्तान्तरण गरेका थिए । शिक्षा शाखाका निमित्त प्रमुख प्रेम भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पोखरेल, नेपाल शिक्षक महासंघ भद्रपुर अध्यक्ष गणेश गिरी, वीरेन्द्र माविका प्रधानाध्यापक खिलराज कोइराला लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here