एसक्यूसीको सम्मेलन

0
11

कमल ।

विद्यार्थीको गुणीय चक्र (एस.क्यू.सी.)को आठौं हव सम्मेलन कमल गाउँपालिकामा सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कूलमा सम्पन्न भएको थियो । आठौं हव कन्भर्सेसन कार्यक्रम विद्यार्थीलाई केसस्टडी तथा प्रिजेन्टेसन, प्यानल डिस्कसन, २१औं शताब्दी झल्किने चित्रकला प्रतियोगिता तथा विज्ञान प्रदर्शनी, पब्लिक स्पिकीङ्ग, मेडिटेसन, हाजिरजवाफ लगायतका कार्यक्रममा विद्यार्थी सहभागी भएका थिए ।

पाठ्य पुस्तक बाहेक यस्ता कार्यक्रमले विद्यार्थीको शिक्षण सिकाइमा थप सहयोग पुग्ने भएर नै विभिन्न समयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत एस.क्यू.सी. कार्यक्रम गर्ने गरिएको हव कोर्डिनेटर गुणराज गिरीले बताए । सम्मेलनमा झापा र मोरङ्गका १६ वटा विद्यालयका दुई सय जनाभन्दा बढी विद्यार्थी र ५० भन्दा बढी शिक्षकको सहभागिता रहेको आयोजकले जनाएको छ ।

हव कोर्डिनेटर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोएष्ट नेपालका अध्यक्ष सुरिना गुरुङ्ग र कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले यस्ता कार्यक्रमले विद्यार्थीको शिक्षण सिकाइमा थप सहयोग पुग्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here