कन्काईमा पठनपाठन सुधार्न गोष्ठी

0
7

सुरुङ्गा ।

नमुना विद्यालयको रूपमा प्रस्तावित सुरुङ्गास्थित कन्काई माध्यमिक विद्यालयमा पठनपाठनमा सुधारसम्बन्धी एक दिवसीय गोष्ठी सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, आमा समूह, शिक्षक र कर्मचारीवीच सम्पन्न संयुक्त अन्तरक्रियात्मक गोष्ठीमा विद्यालयको शैक्षिक, व्यवस्थापकीय र शैक्षणिक सुधारका लागि छलफल भएको छ । कार्यक्रमको अध्यक्षता गरिरहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंले शिक्षक तथा कर्मचारीले समय परिपालनाका साथ आआफ्नो कर्तव्य पुरा गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रसाईंले सबै शिक्षकलाई योजनाबद्ध रूपमा कक्षाकोठामा जान सुझाए । उनले भने, ‘नेपाल सरकारले तोकेको भन्दा बढी योग्यता भएका अब्बल शिक्षक रहेको विद्यालयले झापा जिल्ला र कोशी प्रदेशमै उत्कृष्ट कार्य गरी नमुना विद्यालयको रूपमा स्थापित गर्न शिक्षकको महत्त्वपूर्ण भूमिका हुन्छ ।’

कार्यक्रममा विव्यस सदस्यहरू दिलिप घतानी, मेनुका शिवाकोटी, प्रधानाध्यापक कर्णबहादुर डाँगी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमेश शेर्पा, नेपाल शिक्षक महासङ्घ कनकाई नगर अध्यक्ष शारदा पाठक, सहायक प्रधानाध्यापक हरिप्रसाद तिम्सिना, पीटीए सदस्य राजन पराजुली, आमा समूह (मावि तह) का संयोजक सरिता आचार्य, सदस्य सम्झना बागदास लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा सहायक प्रधानाध्यापक तथा कर्मचारीलाई कार्यविभाजनसहित कार्य जिम्मेवारी पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा भीमप्रसाद दाहाल, आधारभूत तह संयोजक खेमराज भट्टराई र भीमप्रसाद अधिकारीलाई टिपोट समिति र शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडा, मन्दिरा सुवेदी र आधारभूत तह संयोजक अम्बिकाप्रसाद रिजाललाई निर्णय लेखनको जिम्मेवार दिइएको थियो ।

सो कार्यक्रममा सहायक प्रअ चन्द्रप्रसाद शिवाकोटी, विव्यस सदस्यहरू टीका अधिकारी, क्रान्ति सुवेदी, पीटीए सदस्यहरू दीपक पाण्डे, खगमाया चापागाईं, मीना खतिवडा, विज्ञान समूह संयोजक साजनकुमार लिम्बू, विशेष शिक्षा संयोजक जीवेन्द्र घिमिरे, स्रोत शिक्षक खेमकुमारी घिमिरे, आमा समूहका अध्यक्ष विनिता प्रसाईं र कृष्णमाया दाहाल, उपाध्यक्ष मुना गौतम, सचिव मञ्जु खडका लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा विद्यालयमा शुरु गरिएको पुराना र ऐतिहासिक सामग्री सङ्कलन गर्ने उद्देश्यका साथ स्थापित सङ्ग्रहालय र विज्ञान विषय शिक्षण थप प्रभावकारी र व्यावहारिक रूपमा शिक्षण गर्न कक्षा विज्ञान प्रयोगशाला (कक्षा ६–१०) को विव्यस अध्यक्ष प्रसाईंले उदघाटन गरेका थिए ।

शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक तीर्थराज खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here