प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ

0
5

मोरङ।

मोरङको बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट प्रतिबन्धित औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को २० प १२६६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा उक्त मोटरसाईकल चालक इटहरी उप–महानगरपालिका–१९ का ३१ बर्षीय अनिल कार्की र पछाडी सवार इटहरी–२ का ३२ बर्षीय सुनिल मगरको साथबाट प्रतिबन्धित औषधी एभिल, डाइजोपाम, फेनारागन र लुपिजेसिक गरी ४० एम्पुल बरामद भएको थियो ।

प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here