केराबारी ८ ,९ ,६ र ७ को जंगल नजिकैका वस्तीमा हात्तीको प्रवेश

0
6

केराबारी,

छिमेकी नगरपालिकाको विभिन्न क्षेत्रमा जंगली हात्तीले विज्याईं गरिरहेको बेला केराबारीको विभिन्न वडाहरुमा पनि जंगली हात्ती प्रवेश गरी क्षति पुर्याउन सुरु गरेको छ।

शनिबार देखि लेटाङ्गको आसपासका क्षेत्रमा घुम्दै आएको हात्तीको समुह यतिबेला केराबारी ८ ,९ ,६ र ७ को जंगल छेउछाउका वस्तीमा प्रवेश गरेका हुन् । हात्तीको बथानबाट छुटेका केही जंगली हात्तीले केराबारी ९ नम्बर वेलचौरी बेलबारीको नक्सलबारी लगायतको क्षेत्रमा प्रवेश गरी घरहरु भत्काउने,अन्नवालीहरु नष्ट गरीदिने जस्ता गतिविधिहरु गर्दैै आएका छन् ।

विहिबार विहान मात्र केराबारी ८ को हजारबिघा सामुदायिक वन क्षेत्र अनाम टोलमा मनिषा पोख्रेलको घरको तल्लो तलामा टाटीले वारेको कोठा भत्काई क्षति गरेको स्थानीयले बताएका छन् ।
यसैगरी,हात्ती गाउँ पस्न थालेसंगै हात्ती धपाउन स्थानीयहरु यतिवेला रातभर जाग्राम बस्ने गरेका छन् ।

हात्ती धपाउने क्रममा जंगली हात्तीको आक्रमणबाट पुर्वका विभिन्न ठाउँमा ४ जनाको मृत्यु भइसकेको छ । यसैबीच स्थानीय प्रशासनले भने हात्ती धपाउने क्रममा सजक र सतर्क रहनुपर्ने भन्दै आमनागरिकहरूलाई सूचना जारी गर्दै सचेत गराईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here