प्याब्सन झापाको स्पोर्ट मिट शुरु

0
5

कमल ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन झापाले प्याब्सन स्पोर्ट मिट २०८० शुरु गरेको छ ।

यसैक्रममा झापा प्याब्सनको आयोजना तथा कमल प्याब्सनको संयोजनमा आजबाट गाउँपालिका स्तरीय विभिन्न अतिरिक्त क्रियाकलाप शुरु भएका हुन् ।

कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले भलिबलका रेफ्रीलाई बल हस्तान्तरण गरेको पहिलो दिनको खेल उद्घाटन गरेका थिए ।

चारदिन सम्म सञ्चालन हुने प्रतियोगितामा ५ र ६ गते कमल ३ स्थित केर्खा खेल मैदान र ७ र ८ गते कमल ५ स्थित आदिवासी रङ्गशालामा खेल सञ्चालन हुने खेल संयोजक सागर बरालले जानकारी दिए ।

प्रतियोगितामा कमल गाउँपालिकामा रहेको १९ वटा संस्थागत विद्यालयका विद्यार्थीले बुटवल, भलिबल, क्रिकेट, छेलो हान्ने, टिटी, दौड लगायतका खेलमा प्रतिष्पर्धा गर्ने प्याब्सन झापाका सदस्य त्रिलोचन गौतमले बताए ।

प्याब्सन कमलका अध्यक्ष बदीराम राईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन सचिव दीपक संग्रौला गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here