ट्याक्टर भीरबाट खस्दा…

0
6

संखुवासभा।

संखुवासभाको मकालु गाउँपालिका–५ मा ट्याक्टर भीरबाट खस्दा चालकको मृत्यु भएको छ ।

को २ त ८२३९ नम्बरको ट्रयाक्टर मकालु–१ मा निर्माण भईरहेको पर्खालको लागि सिमेन्ट बोकेर जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाँउमा अचानक भीरबाट अन्दाजी ३५ मिटर तल खसेर दुर्घटना हुँदा ट्रयाक्टर चालक स्थानीय २७ बर्षीय तिर्थबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

घटना स्थलमा प्रहरीको टोली पुगेर शवलाई सम्पूर्ण कानुनी प्रक्रिया पश्चात पोष्ट मार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here