आदिवासी जनजाति नेत्रहीन संघको दोस्रो साधरणसभा सम्पन्न

0
9

रत्नबहादुर बस्नेत,
शिवसताक्षी। 

आदिवासी जनजाति नेत्रहीन संघ, झापाको दोस्रो वार्षिक साधरणसभा सम्पन्न भएको छ।

शिवसताक्षी -११, झिलझिलेस्थित किरात राई योयोक्खाको सभाहलमा विविध कार्यक्रमसहित संघको दोस्रो साधरणसभा सम्पन्न भएको हो।

आदिवासी जनजाति नेत्रहीन संघका अध्यक्ष भोजकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन प्रमुख अतिथि किरात चोओ ओलुङ्ग ओङ्सी माङ्गेना सेवा समिति, माङ्सेबुङ-५का अध्यक्ष केहउरसिंह योङहाङले गरेका थिए।

संस्थाका उपाध्यक्ष युवराज शेर्माले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि केहरसिंह योङहाङ,शिवसाताक्षी-१ का वडाध्यक्ष तथा सल्लाहकार लक्ष्मीप्रसाद चेम्जोङ, किरात धर्म माङ्गेना सेवा समितिका केन्द्रीय सदस्य लाखमान खजुम लिम्बू,नेत्रहीन संघ बिर्तामोडका अध्यक्ष होमनाथ राजबंशी,प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजबंशी , सताक्षी साप्ताहिकका सम्पादक सेलिङ केसी, सञ्चारकर्मी नारायण शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

सोही अवसरमा प्रमुख अतिथि योङहाङले झापाली आदिवासी जनजाति नेत्रहीन सहारा छात्रवृत्ति अक्षयकोषका लागि नगद रु.एक लाख प्रदान गर्ने वचन दिएका थिए भने युवराज शेर्मा र अनित मुखियाले दुई/ हजार सहयोग गरेका थिए। त्यस्तै संस्थाका सदस्य मञ्जु तामाङ,पिङ्की गन्गाई र अर्जुन महरालाई कपडा वितरण गरिएको थियो।

‘जाति,वर्ग समुदायभित्र अपाङ्गता भएका व्यक्तिको पहिचान,अस्तित्व र आत्मसम्मान। विशेषाधिकार प्राप्तिको लागि निरन्तर क्रयाशीलता हाम्रो अभियान’ भन्ने नारा तथा उद्देश्यका साथ स्थापित संघको मुख्य कार्यालय बिर्तामोड नपा-५ मा रहेको छ।

कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका राष्ट्रिय अध्यक्ष इन्द्रप्रसाद शेर्मा,खिजोलोङ्ग माङ्हिम इलामका अध्यक्ष भवानी विक्रम सेलीङ्,यज्ञराज श्रेष्ठलगायतको आतिथ्य रहेको थियो।

संघका अध्यक्ष तामाङले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा नेत्रहीन मञ्जु तामाङले सुमधुर गीत प्रस्तुत गरेकी थिइन। कार्यक्रमको सञ्चालन संस्थाका सचिव अनित मुखियाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here