कमल गाउँपालिकाद्वारा शिक्षक तथा कर्मचारीलाई सम्मान

0
9

कमल ।

झापाको कमल गाउँपालिकाले एक कार्यक्रमका बीच शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितका अध्यक्ष लगायत ३६ जनाभन्दा बढी लाई सम्मान गरेको छ ।

गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति कार्यक्रम तथा बजेटमा शिक्षा युवा तथा खेलकुद शाखा तर्फ ब्यवस्था भएको कार्य सम्पादनका आधारमा शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गरिएको हो ।

२०८० को शैक्षिक सत्र भित्र अनिवार्य अवकाश, स्वेच्छिक राजिनामा तथा अन्य जुनसुकै कारणले सरकारी शिक्षण पेशाबाट बिदा हुनुहुने शिक्षक सम्मान, विभिन्न समयमा सेवा निवृत्त हुने कर्मचारी तथा कमल गाउँपालिकाले सेवा सुविधा उपलब्ध गराएका अवकाश प्राप्त कर्मचारीलाई नगद सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

कमल २ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाका अध्यक्ष हुकुसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, वडा अध्यक्ष, कार्यापालिकाका सदस्य प्रमुख प्रशासकीय अधिकृत, शिक्षा समितिका सदस्य विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, कमल गाउँपालिका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीको उपस्थितमा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अनिवार्य अवकाश शिक्षक कर्मचारी तथा तहगत र विषयगत रुपमा उत्कृष्टताको आधारमा ३६ जना शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनुहुने व्यक्तिलाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने लगायतले सम्मान गरेका थिए ।

शैक्षिकसत्र २०८० मा निम्नमाध्यमिक तह तर्फ अनिवार्य नेपाली विषयमा उत्कृष्ट शिक्षकको रुपमा सम्मानित हुनुहुने कमल २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका विमला भट्टराई बाट आफू सम्मानित हुन पाउदा अत्यन्तै खुसी लागेको बताउनुहुन्छ । सबै शिक्षकलाई एउटै मञ्चमा राखेर गरिएको यस्तो कार्यक्रमले सबैलाई थप हौसला मिल्ने भट्टराई बताउँछिन् ।

गाउँपालिकाले पछिल्लो समय शिक्षाका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ । यस्ता कार्यक्रमले शिक्षकलाई तथ हौसला मिल्ने छ । सबै शिक्षक लाई एकै ठाउमा भेला गराएर आयोजना गरिएकोले एक आपसमा चिनजान गर्ने अवसर समेत प्राप्त भएको छ । अवकाश पछि पनि आफूलाई सम्झेर सम्मान गर्नु भएकोमा अत्यन्तै खुशी लागेको शहीद धर्मभक्त माध्यमिक विद्यालय बाट अनिवार्य अवकाश हुनुभएका शिक्षक ओमकुमार खड्काले बताए ।

शिक्षक भनेको अत्यन्तै सम्मानित पेशा हो । राष्ट्रका सबै भन्दा उच्चतहका व्यक्तिहरूको समेत गुरु भएकोले यस्तो सम्मानित पेशामा आवद्ध गुरुलाई आज गाउँपालिकाले सम्मान गरेको छ । यस्तो सम्मानित र पवित्र पेशालाई कायम राख्दै थप हौसलाका साथ अगाडि बढ्न कमल गाउँपालिकाका ३ नम्बर वडा अध्यक्ष अग्निप्रसाद कोइरालाले शुभकामना दिए ।

आफ्नो विद्यालयलाई उत्कृष्ट बनाउन लाग्नुहुने सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिलाई तपाईँहरूले गरेको कामको उच्च मल्याङ्कन गर्दै विषयगत रुपमा गाउँपालिकाले सम्मान गरेको छ । सम्मानित हुनुहुने सम्पुर्ण लाई धन्यवाद दिदै पाएको सम्मानलाई कायम राख्दै आगामी दिनमा कमल गाउँपालिकाको शिक्षालाई थप उत्कृष्टता हासिल गराउन यहाँहरूको भूमिका अझ सशक्त बन्न सकोस् भन्ने कमल गाउँपालिकाकी उपाध्यक्ष न्यौपाने तिवारीले शुभकामना दिईन् ।

गाउँपालिकाले सामुदायिक विद्यालयको भौतिक संरचना सुधार गर्दै प्रविधिमैत्री वातावरणमा शिक्षालाई अगाडि बढाएको छ । गुणस्तरीय शिक्षा आजको आवश्यकता हो ,त्यसैले शिक्षक, कर्मचारी , विद्यालय व्यवस्थापन समितिले राजनीति भन्दा माथी उठेर शिक्षाको सुधारमा लाग्नुपर्ने र कमल गाउँपालिकालाई देशकै नमुना गाउँपालिका बनाउन तर्फ सबै मिले नगाडी बड्नु पर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले बताए ।

सम्मान कार्यक्रममा शैक्षिक सत्र २०८० भरि शिक्षकले आफू कार्यरत विद्यालय र आफूले अध्यापन गर्ने कक्षा तथा विषयमा आफ्ना विद्यार्थीले के कसरी अध्यापन गर्न सक्यौ, शैक्षिक गुणस्तर कस्तो रह्यो, अतिरिक्त क्रियाकलापको पालना, लगन शिलता,नियमितता, शिक्षक आचारसंहिता लगायतका विषयमा शिक्षा शाखा बाट माग भए बमोजिम विद्यालयले उपलब्ध गराएको विभिन्न मापदण्डका आधारमा सम्मान गरिएको शिक्षा शाखाले जनाएको छ ।

जबसम्म शिक्षाको विकास हुदैन भौतिक संरचनाको दीर्घकालीन उपयोग हुन सक्दैन । सोही अनुसार कमल गाउँपालिकाले पछिल्लो समय पूर्वाधार विकास लगायतका कार्यक्रम भन्दा पनि समग्र पालिकाको शैक्षिक गुणस्तर सुधारमा कमल गाउँपालिका लागि परेको छ ।

कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारी रविन गौतमले सञ्चालन गरेका थिए भने शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here