पिकअप भेनले ठक्कर दिँदा बिर्तामोडमा एक वृद्धाको मृत्यु

0
7

बिर्तामोड ।

झापाको बिर्तामोडस्थित मुक्तिचोक नजिकै सवारीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको पिकअप भेनले बिर्ताामोडस्थित वानस्टप मलअगाडि बाटो काट्दै गरेकी वृद्धा महिलालाई ठक्कर दिएको थियो ।

भेनको ठक्करबाट सख्त घाइते भएकी मोरङ रतुवामाई–८ की ७० वर्षीया टंकमाया सुवेदीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई ठक्कर दिने मे १ च ६६१३ नम्बरको भेन र चालक बिर्तामोड १ का ४५ बिर्खबहादुर थेवेलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

पछिल्लो समय तिब्र गतिमा सवारी सञ्चालन हुँदा पैदलयात्रीलाई बाटो काट्न मुस्किल पर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here