चारआली।
झापाको चारआली स्थित सहिद दशरथ चन्द माबिका तीन सय पचास विद्यार्थीको निःशुल्क आँखा परीक्षण सम्पन्न भएको छ।
मेची आँखा अस्पताल बिर्तामोडको प्राबिधिक सहयोगमा शिविर सम्पन्न भएको हो।
जसमध्ये ६ जनालाई चस्मा वितरण गरिएको र ६ जनाको जटिल समस्या भएकाले अभिभावकसहित आँखा अस्पतालमा बोलाइएको प्रअ लेखनाथ पौडेलले जानकारी दिए।