वीरता जेसीजले राष्ट्रिय धान दिवस मनायो

0
62

बिर्तामोड ।

वीरता जेसीज बिर्तामोडले यस बर्ष फरक कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाएको छ ।

जेसीजले शनिवार धान दिवस तथा असार १५ को अवसर पारी सामुहिक रोपाइँ, दहीचिउरा खाने कार्यक्रमसहितको समारोह सम्पन्न गरेको हो ।

जेसीजले विर्तामोड–३स्थित प्रभात मास्केको खेतमा सामुहिक रोपाइँ सम्पन्न गरेको हो । कृषि कार्यप्रति सम्मान व्यक्त गर्दै युवालाई त्यसतर्फ आकर्षित गरी कृषिमा आत्मनिर्भर बन्दै निर्यातमुखी अर्थतन्त्रमा टेवा पु¥याउने सन्देशका साथ कार्यक्रम आयोजना गरिएको वीरता जेसीजका अध्यक्ष विकास बस्नेतले बताए ।

अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पूर्वराष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा सामाजिक अभियन्ता विनोद बस्नेतले कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय तालिम आयुक्त सुयोग खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्ट, बाह्रदशी जेसीजका महासचिव सञ्जय साह लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बिर्तामोड–३का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड खानेपानीका अध्यक्ष मेघराज बास्तोला, नेपाल जेसीजका प्रशिक्षक सेवक बजगाँई, प्रवेश दुलाल, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा लगायतको आतिथ्य थियो ।

महासचिव सुमन पोद्दारले सञ्चालन गरेको कार्यक्रममा संयोजक अजय अधिकारीले स्वागत, बसन्त ढकालले आस्था वाचन र जुनियर जेसीजकी निसिम थाम्सुहाङले जेसीआई मिसन भिजन वाचन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here