सवारी दुर्घटनामा एक जनाको मृत्यु

0
2

मोरङ ।

मोरङको उर्लाबारी नगरपालिका–६ स्थित उर्लाबारी–मधुमल्ला सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उर्लाबारी–६ की २७ बर्षीया सीता बोहोरा रहेकी छन् । प्रदेश ०३–००१क १०९० नम्बरको टिपरले प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सीता बोहोरा र उनकै ९ बर्षीय छोरा प्रशान्त बोहरा घाईते भएका थिए ।

दुबै घाईतेलाई उपचारको लागि स्थानिय मंगलबारे अस्पताल लगिएकोमा सीता बोहोराको अस्पतताल पुर्‍याउनसाथ मृत्यु भएको र छोरा प्रसान्तलाई थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाईएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिपर र टिपर चालक मोरङ मिक्लाजुङका लालबहादुर लिम्बूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here