झापा,

गुरु पूर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समिति मेचीको आयोजना र मेची उद्योग वाणिज्य संघ एवं नन्दा करिडोर प्रवर्धन केन्द्र धुलाबारीको सहआयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
झापाको धुलाबारीमा शनिबार आयोजित कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए ।

रेडक्रस बिर्तामोड शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सन्त माहात्मा सुवर्ण बाईजी, मेचीनगर नगरपालिका वडा नं १० का वडाध्यक्ष नारायण खनाल, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, नन्दा करिडोरका अध्यक्ष धर्मेन्द्र खड्का, चेतनशील युवा परिवारका अध्यक्ष उदय बराइली लगायतको उपस्थिति थियो ।































