अर्जुनधारामा प्रथम यू–१४ क्लबस्तरिय फुटबल प्रतियोगिता–२०८१ शुरु

0
51

अर्जुनधारा, झापाको अर्जुनधारा–१०स्थित सेतीपानीमा शनिबारदेखि प्रथम यू–१४ क्लबस्तरिय फुटबल प्रतियोगिता–२०८१शुरु भएको छ ।
खेलकुदको माध्यमबाट लागुऔषधमुक्त समाज निर्माण गर्ने एवम्फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले स्थानीय वडा खेलकुद विकास समितिको आयोजनामा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि युवा व्यवसायी सुमन नेम्वाङले उद्घाटन गरेका थिए ।
स्थानीय सिंहबाहिनी आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता अन्र्तगत सोही दिन पहिलो चरणका सबै खेल सम्पन्न भएको थियो । जसअनुसार प्रतियोगिताको उद्घाटन खेलमा अर्जुनधारा–६स्थित कप्तानबारी एफसीलाई ०–१ गोल अन्तरले पराजित गर्दै स्थानीय सेतीपानी सीएम एफसी सेमीफाइनलमा पुग्न सफल भएको छ । सेतीपानीको जितका लागि निरज कार्कीले गोल गरेका थिए ।
त्यसैगरी दोस्रो खेलमा अर्जुनधारा–८स्थित शनिश्चरे एफसीलाई ०–१ गोल अन्तरले पराजित गर्दै स्थानीय मनास्लु युथ एफसी सेमीफाइनलमा पुग्न सफल भएको छ । मनास्लुको जितका लागि रीवाज बाराकोटीले पेनाल्टीमार्फत् गोल गरेका थिए ।
त्यस्तै तेस्रो खेलमा स्थानीय पञ्चकन्या एफसीलाई ०–३ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–११स्थित सालबारी एफसी सेमीफाइनलमा पुग्न सफल भएको छ । सालबारीको जितका लागि सबै गोल सोहन खत्रीले गरेका थिए ।
यता पहिलो चरणको अन्तिम खेलमा कालिका युथ एफसीलाई टाइब्रेकरमा ३–४ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–९स्थित गोलधाप युथ एफसी सेमीफाइनलमा पुग्न सफल भएको छ ।
निर्धारित समयको खेलमा १–१ गोलको बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलको क्रममा गोलधापका लागि पर्वत कार्कीले र कालिकाका लागि आशिष लिम्बूले गोल गरेका थिए ।
पहिलो चरणका सबै खेलका उत्कृष्ट खेलाडीहरु क्रमश सेतीपानीका सौरभ बानियाँ, मनास्लुका सागर प्याकुरेल, सालबारीका सोहन खत्री र गोलधापका तेज तामाङलाई जनही नगद पुरस्कार पाँच सयसहित ट्रफी प्रदान गरिएको थियो ।
समितिका अध्यक्ष सुजन थापा मगरको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा वडाध्यक्ष भूपेन्द्र न्यौपाने, निवर्तमान नगर सभा सदस्य भोला गौतम, नगर खेलकुद विकास समितिका सचिव खगेन्द्र लिङदेन, सामाजिक व्यक्तित्व भानु मिश्रलगायतले मन्तव्य राखेका थिए ।
समितिका सदस्य समिर लिम्बूले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन २ नं. टोल विकास समितिका सदस्य देव झापालीले गरेका थिए । भोलि(आइतबार)को पहिलो सेमीफाइनल खेल दिँउसो २ बजे सेतीपानी सीएम एफसी र सालबारी एफसी तथा अन्तिम सेमीफाइनल खेल मनास्लु युथ एफसी र गोलधाप युथ एफसीबिच हुने बताइएको छ ।
सोमबार सम्पन्न हुने प्रतियोगिताको विजेता र उपविजेता हुने टिमले क्रमश नगद पुरस्कार १५ हजार र १० हजारसहित ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् ।

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here