जलकन्या टोलमा पुनः तिम्सिना

0
9

बुट्टाबारी ।

बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टाबारीस्थित जलकन्या टोल विकास समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनको बन्द सत्रले दोस्रो कार्यकालका लागि पुनः हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा नौ सदस्य कार्यसमिति गठन भएको छ । जसमा उपाध्यक्ष ममता कन्दङ्वा, सचिव यदुनाथ बास्कोटा, सह–सचिव याम आचार्य, कोषाध्यक्ष यशोदा आचार्य अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा अर्चना बुढाथोकी, दीपा दाहाल नरमाया दर्जी दिलेन्द्र बस्नेत निर्वाचित भएका छन् । त्यस्तै सल्लाहकार समिति संयोजकमा गोपाल अधिकारी, राम बिष्ट, मीना कार्की, जमालुद्दिन मिया, गौरीप्रसाद चौलागाँई, केदारजंग बिष्ट, यादवमणि तिम्सिना, आनन्द पुरी, रुपा कार्की र सुनिल झा चयन भएको निर्वाचन समितिका संयोजक गोपाल अधिकारीले जानकारी दिए ।

समितिका अध्यक्ष हरि तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा ले उद्घाटन गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ६ का वडा सदस्य जीवन बाँस्कोटा, बेलगाछी टोल विकास समितिका अध्यक्ष युवराज खतिवडा, बिमला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष तिम्सिनाले र आयव्यय विवरण कोषाध्यक्ष यशोदा अधिकारीले प्रस्तुत गरेकी थिइन् । जस अनुसार संस्थाको कुल आम्दानी एक लाख एक हजार पाँच सय रुपैयाँ खर्च– एक लाख ३१ हजार पाँच सय, भुक्तानी दिन बाँकी ५६ हजार पाँच सय र उठ्न बाँकी २३ हजार रुपैयाँ रहेकोमा खर्च सडक बत्ती जडान कार्यमा भएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा प्रमुख अतिथि कन्दङ्वाले नमूना टोलको रुपमा उदाउँदै गरेको टोलको केन्द्र भागमा रहेको ऐतिहासिक जलकन्या मन्दिर सुधारका लागि वडा कार्यालय मार्फत आर्थिक सहयोग गर्ने बताए । अर्चना बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सल्लाहकार समिति सदस्य राम बिष्टले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here