बिर्तामोड ।
झापाका दुई मुख्य राज्य सञ्चालक राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालले स्थानीय सरकार सञ्चालन समन्वय संयन्त्र निर्माण गरेका छन् । दुवै राज्य सञ्चालक दलले केन्द्र, प्रदेश हुँदै स्थानीय सरकार सञ्चालनका लागि संयन्त्र गठन गरेका हुन् ।
नेपाली कांग्रेसले निर्माण गरेको संयन्त्रमा झापा सभापति देउमान थेवेको नेतृत्वमा केशवराज पाण्डे र कृष्ण हुमागाई रहेका छन् भने नेकपा एमालेले पनि झापा अध्यक्ष प्रेम गिरीको नेतृत्वमा शिव ढुङ्गेल र तुलसी कार्की रहने गरी निर्माण गरेको छ ।
दुवै संयन्त्रको वैठक भोली सोमवार बस्ने बुझिएको छ । वैठकमा नेपाली काँग्रेसको संयन्त्रले एमालेको नेतृत्व भएको स्थानीय तहमा आएका गुनासाहरुका बिषयमा जानकारी गराउँदै छिटो र छरितो कार्यका लागि पहल गर्ने बिषय उठाउन गर्ने, भद्रपुरस्थित चन्द्रगढीमा रहेको विपी कोइराला स्मृति भवनलगायतका अधुरा योजना र बहुबर्षिय दीर्घकालीन योजनाका बिषमा साथै अन्य विकास योजनाका बिषयमा छलफल अगाडि बढाउने स्रोतले जनाएको छ ।
यसैगरी नेकपा एमालेले हाल भइरहेका कार्यको समिक्षा गर्दै झापाका अधुरा विकास योजना, चालु विकास योजना, आगामी बिकास योजना र दीर्घकालीन विकास योजनाका साथै अन्य विविध बिषयमा छलफल गर्ने योजना रहेको बुझिएको छ ।