अर्जुनधाराको गंगा मृत्यु प्रकरणः प्रहरीको भूमिका शंकास्पद

0
223

बिर्तामोड ।

झापाको अर्जुनधारामा एक महिलालाई कुटपिट गरेपछि उनले आत्महत्या गरेको भन्दै प्रहरीले कुटपिटमा संलग्नलाई उन्मुक्ति दिने प्रयास गरेको छ ।

गत असार २५ गते राति अर्जुनधारा–८ स्थित प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया गरिमा भनिने गंगा राईलाई सामूहिक कुटपिट भएको थियो । उनको सामुहिक कुटाइबाट मृत्यु हुन सक्ने आशंका गरिएकोमा अहिले प्रहरीले कुटपिटपछि आत्महत्या गरेको भन्दै कुटपिटमा संलग्नहरुलाई उन्मुक्ति दिने प्रयास गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले महिला माथि कुटपिट भएको तर उनले पछि आत्महत्या गरेको हुन सक्ने बताए । उनले पक्राउ परेका विरुद्ध अहिले आत्महत्या दुरुत्सहानको मुद्धा अघि बढाएको बताए ।

गंगा राई मृत्यु प्रकरणमा पक्राउ परेका भोजपुर रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ डेरागरी बस्ने ३१ वर्षीय रमेश भुसाल, उनकी श्रीमती ३२ वर्षीया सुस्मिता भुसाल, सोही ठाउँ बस्ने ५४ वर्षीया मैयाँ भनिने डम्बरकुमारी श्रेष्ठ र २४ वर्षीया मेनुका पाँचकोटेलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठले जानकारी दिए । उनले महिलामाथि कुटपिट भएको उल्लेख गरेका छन् ।

पोष्टमार्टको रिर्पोट आइनसकेका भन्दै प्रहरी नायव उपरीक्षक श्रेष्ठले तत्कालको प्रमाणका आधारमा आत्महत्या दुरुत्सहान मुद्धा अघि बढाएको बताए । उनले पोष्टमार्टको रिर्पोटमा हत्या भन्ने विषय आएमा उनीहरु विरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्धा चलाईने जानकारी दिए ।

असार २५ गते पक्राउ परेका उनीहरूमाथि अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । आफ्ना श्रीमान् रमेश भुसाल गंगा राईको कोठामा गएको भन्दै सुस्मिता भुसालले साथी भेला गरेर उनीमाथि निर्घात कुटपिट गरेको बताइएको छ । सोही कारण उनको मृत्यु भएको थियो ।

उनलाई रातीनै बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल ल्याइएपनि उनको बाटैमा मुत्यु भएको अवस्थामा अस्पताल ल्याइएको अस्पतालका एक कर्मचारीले जानकारी दिए । उनले अस्पतालमा मृत अवस्थामा ल्याइएकाले उनको मृत्युको कारण थाहा नहुने बताए ।

उता शंकर अस्पताल शनिश्चरेमा रातको समयमा महिलालाई उपचारका लागि ल्याए पनि अवस्था जटिल देखिएकाले अस्पतालमा इन्ट्रि नै नगरी तत्काल बिर्तामोडका ठूला अस्पताल लैजान सुझाव दिइएको शंकर अस्पतालका प्रबन्ध निर्देशक सुजन शिवाकोटीले जानकारी दिए । कुनै चेकजाँच नभएकाले उनी के विरामी थिइन भन्ने केही थाहा नभएको बताइएको छ ।

यता प्रहरीले भने महिलाले कुटपिट पछि झुण्डिएर आत्महत्या गरेको बताउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here