कोशीमा सडक दुर्घटना भयावह : दुर्घटनामा परी ४१८ जनाको मृत्यु

0
227

योगेन्द्र योगी
बिराटनगर,

कोशी प्रदेशमा सडक दुर्घटनामा ४१८ जनाको मृत्यु भएको छ। कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणका लागी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार १४ वटा जिल्लामा सडक दुर्घटनामा परी ४१८ जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार हाल सम्मको तथ्याङकलाई हेर्ने हो भने सवारी दुर्घटनामा चालकको लापरवाही नै मुख्य कारण रहेको पाईन्छ । यसरी लापर्वाही पुर्वक सवारी साधन चलाउदा र लापरवाही पुर्वक सडक प्रयोग गर्दा आर्थिक बर्ष २०८१/०८२ मा कोशी प्रदेशमा ४१८ जनाको ज्यान गएको छ भने ७ सय ११ जना गम्भिर र ८ हजार ५ सय ३० जना सामान्य घाईते भएका छन ।

ट्राफिक नियम आफ्नै लागी हो, ट्राफिक नियमको पालनाले सवारी चालक, सडक प्रयोगकर्ता, सवारी साधनमा सवार यात्रु सवै सुरक्षित हुन्छन, सवैको सुरक्षित यात्राको लागी ट्राफिक प्रहरी सदैव सडकमै हुन्छ । ट्राफिक प्रहरीले निरन्तररुपमा चालक, सह-चालक, सडक प्रयोगकर्ता, बिद्यार्थी, अभिभावक लगायत सवैमा ट्राफिक नियमको वारेमा प्रशिक्षण प्रदान गर्दै आईरहेको छ ।

यसरी ट्राफिक नियमको वारेमा जानकार हुँदा हुदै पनि लापरवाही पुर्वक सवारी साधन चलाई ट्राफिक नियम उलंघन गर्ने २ लाख १३ हजार ६९५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरी १६ करोड २९ लाख ७१ हजार ५ सय ५१ रुपैया राजश्व संकलन गरेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी तथा प्रत्यक्ष मातहतमा रही कार्य संचालन गर्ने १४ वटा जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सहित ९६ वटा ट्राफिक प्रहरी इकाईहरुबाट दैनिकरुपमा ट्राफिक व्यवस्थापकिय कार्यहरु सम्पादन गरिदै आईरहेको छ ।

ट्राफिक व्यवस्थानपन तथा सडक दुर्घटनाबाट हुने मानविय तथा भौतिक क्षेतिलाई न्यूनीकरण गर्न बिभिन्न सरोकारवाला निकायहरुसंगको समन्वय र सहकार्यमा ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा कोशी प्रदेशका बिभिन्न स्थानमा २६ हजार २९३ पटक ट्राफिक सचेतनामुलक कार्यक्रम संचालन गरेको छ ।

जसबाट ६ लाख १६ हजार भन्दा बढी सवारी चालक, आम सडक प्रयोगकर्ता तथा बिद्यार्थीहरु लाभान्वित भएका छन । ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी कोशी प्रदेशका मुख्य तथा सहायक मार्गहरुमा ९३२ स्थानमा सिसि क्यामेरा जडान गरीएको छ भने झापाको झिलझिले, बिराटनगरको दुधफारम र खार्जीमा नम्वर प्लेट डिटेक्टर (एएनपीआर) सहितको सिसि क्यामेरा जडान गरिएको जनाएको छ ।

लामो दुरीको सवारी साधन तथा भारतिय नम्वर प्लेटको सवारी जाँचको लागि ६ स्थानमा ट्राफिक कम्युनिकेशन एप सहितको चेकजाँच, सार्वजानिक सवारी साधनको गति नियन्त्रणको लागि २१ स्थानमा टाईम कार्ड ईन्ट्री, ट्राफिक जरिवानालाई पारदर्शी बनाउन टिभीआरयस र ई-चालान लागू गरिएको छ भने लागू पदार्थ तथा मादक पदार्थ सेवनबाट हुने दुर्घटनालाई न्युनिकरण गर्न कडाईका साथ लापसे र मापसे जाँच तथा तिव्र गतिबाट हुने दुर्घटना न्यूनीकरणको लागी राडरगन सहितको चेकजाँचको व्यवस्था मिलाईएको छ ।

सवारी निययम उलंघन गर्ने सवारीलाई कार्वाही तथा दुर्घटना न्युनिकरणको लागि दैनिक २३९ भन्दा बढी स्थानमा संयुक्त तथा एकलरुपमा चेकजाँच गरिदै आएको छ ।हेर्दा सामान्य लाग्ने तर त्यही सामान्य लापरवाहीको कारण हुने दुर्घटनाबाट ठुलो जन धनको क्षति हुन पुग्दछ ।

तीव्र गतिमा सवारी चलाउनु, सवारी चलाई रहेको बेला मोवायल फोनको प्रयोग गर्नु, सिट क्षमता भन्दा बढी यात्रु राखी सवारी चलाउनु, भार वहन क्षमता भन्दा बढी सामान ढुवानी गर्नु, हेलमेटको फिता नबाँध्नु, सिट बेल्ट नलाउनु, मादक पदार्थ तथा लागू पदार्थको प्रयोग गरेर सवारी साधन चलाउनु, थकित अवस्थामा सवारी चलाउनु, यान्त्रिक अवस्था ठिक नभएको सवारी चलाउनु, सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाउनु, सडक प्रयोगकर्ताले जथाभावी बाटो काट्नु आदि जस्ता लापरवाहीले नै दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here