झापामा बाढीपीडित २५० विद्यार्थीलाई पानी फिल्टर वितरण

0
60

झापा, झापाका सामाजिक अभियन्ता शरद जोशीले ‘वाइन टु वाटर, राउन्ड टेबल नेपाल’ तथा ‘रोटरी क्लब अफ काठमाडौँ हाइट’ को सहकार्यमा झापा गाउँपालिकाका बाढी–प्रभावित २५० विद्यार्थीलाई नानो–मेम्ब्रेन प्रविधियुक्त पानी फिल्टर वितरण गरेका छन् ।
गत असोज महिनामा आएको बाढीबाट प्रभावित परिवारलाई लक्षित गर्दै जनविकास माध्यमिक विद्यालय, अमृत माध्यमिक विद्यालय, इन्द्रेणी प्राथमिक विद्यालय तथा मदरसा–ए–इस्लाम रसुङ्गञ्ज गरी चार विद्यालयमा फिल्टर वितरण कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा जोशीले ‘वाइन टु वाटर बाट प्राप्त फिल्टर’को प्रयोग विधि, स्वच्छता तथा सरसफाइका उपायबारे विद्यार्थी र अभिभावकलाई प्रशिक्षण दिएका थिए । उनका अनुसार उचित तरिकाले प्रयोग गर्न सकेमा अमेरिकामा निर्मित उक्त फिल्टर १० वर्षसम्म टिकाउ रहने क्षमता राख्छ ।
कार्यक्रममा राउन्ड टेबल नेपाल का राष्ट्रिय अध्यक्ष सुमित मित्तल, एरिया समन्वयक पियूष लुनिया, बिर्तामोड राउन्ड टेबल–२७ का अध्यक्ष विकास अग्रवाल, सामाजिक व्यक्तित्व शम्भु सुस्केरा, प्रकाश पाठक, सोम बजगाईँ लगायतको उपस्थिति थियो।
अध्यक्ष मित्तलले भने – ‘बिकट भूगोलमा आएर पीडित समुदायलाई सहयोग गर्न पाएकामा हामी खुशी छौँ। आगामी दिनमा पनि विकास र सेवामा निरन्तर समर्पित रहनेछौँ।’

सहभागी विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाले फिल्टर वितरणले बाढीपीडित विद्यार्थी तथा उनका परिवारलाई स्वच्छ पानी उपलब्ध गराउन ठूलो सहयोग पुगेको बताएका छन्।
सामाजिक अभियन्ता जोशीका अनुसार हालसम्म इलामका ३५ परिवारलाई अस्थायी टहरा तथा झापा, सुनसरी र इलामका ६०० भन्दा बढी परिवारलाई सुरक्षित पानी फिल्टर वितरण गरिसकिएको छ ।
दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा सेवा पु¥याउँदै आएका उनी पछिल्ला १० वर्षदेखि निरन्तर सामाजिक कार्यमा सक्रिय छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here