झापाको कमलमा बेवारिसे अवस्थामा ग्यासगन फेला

0
41

झापा ।

झापाको कमल गठाउँपालिकामा बेवारिसे अवस्थामा एक थान हतियार फेला परेको छ ।

गत भदौ २४ गते भएको जेन–जी आनदोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटेको हतियार गेउरिया खोलाको किनारमा भेटिएको हो ।

कमल गाउँपालिका ५ धनप्रसाद मार्गस्थित गेउरिया खोलाको किनारमा बेवारिसे अवस्थामा एक थान हतियार भेटिएको हो । उक्त स्थानबाट २३८१६९ नम्बरको ग्यासगन एक थान खिया लागेको बट, नालसहित जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

दमकबाट आन्दोलनकारीहरुले लुटपाट गरी लगेको अभिलेखबाट देखिएको प्रहरीले जनाएको छ । उक्त हतियार बरामद गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । प्रहरीले घटनासँग सम्बन्धित अन्य तथ्य र संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धानलाई तीव्र बनाइएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here