स्थिरताका लागि अभियान

0
13

नेपालको संविधानको व्यवस्था अनुसार बहुमत र स्थिर सरकार असम्भव रहेको टिप्पणी हुने गरेको छ । यसै सन्दर्भमा दाङको तुलसीपुरमा बसोबास गर्दै आएका बिजयकुमार शर्माले मेची महाकाली पैदलयात्रा थालेका छन् । झापाको पूर्वी किनार मेची नदीबाट यात्रा प्रारम्भ गरेका शर्माको पैदलयात्रा अभियानको मूल लक्ष्य स्थिर सरकार – युगको आवश्यकता भन्ने नाराका साथ लोकतन्त्रको सुदृढीकरण र नागरिकको जनमतको सम्मान रहेको छ । आफ्नो अभियान कुनै दल वा उम्मेदवारको समर्थनमा नभई नागरिकको आवाज राज्यसम्म पु¥याउनु रहेको शर्माले बताएका छन् ।

उनको यात्रा एक्काइस दिनको हुने र प्रत्येक दिन चालीस किलोमिटर हुने बताइएको छ । यात्राको प्रत्येक छैठौं दिन दौडिएर एक सय किलोमिटर पूरा गर्ने उनको लक्ष्य छ । प्रत्येक दिन चालीस किलोमिटर पैदल हिँड्नु आफैंमा गाह्रो हुन्छ त्यसमाथि सय किलोमिटर दौडिनु स्वयम्का लागि जोखिमयुक्त हुन सक्छ । शर्माको महाअभियानको शुभारम्भ निवर्तमान उपसभामुख इन्दिरा राना मगर लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो ।

स्थिर सरकारको अभावमा विकास निर्माणका गतिविधि अपेक्षित ढंगले पूरा हुन सक्दैनन् । देशमा कुशासन, भ्रष्टाचारजन्य विकृतिहरु अझ मौलाउँछन् । चार दशकदेखि देश भ्रष्टाचारका कारण झन्–झन् गरिबीका दुष्चक्रमा फस्दैछ । जसलाई दृढ इच्छाशक्ति, स्थिर सरकारबाट मात्र सामना गर्न सकिन्छ । अझ दलहरुले भने जस्तो लोकतन्त्रको सुदृढीकरण र जनभावना अनुरुपको सरकारको उपस्थितिको विकल्प नै छैन । हाल हुर्किएको राजनीतिक अस्थिरताले विकास र सुशासन सम्भव नहुने हुँदा नागकिरलाई त्यसप्रति सचेत गराउने उनको अभियान निर्वाध पूरा होस् शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here