भद्रपुर ।

झापाको कचनकवलमा किराना पसलको सटर फुटाएर चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरू भद्रपुर नगरपालिका–१ दशरथपुरका २२ वर्षीय भगिराज विश्वकर्मा र सोही ठाउँका १८ वर्षीय निर्मल गुरुङ रहेका छन् । उनीहरूले कचनकवल–७ बालुबाडीस्थित बुधकरण राजवंशीको किराना पसलमा सटर फुटाएर नगद र विभिन्न सामग्री चोरी गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
गत माघ १४ गते भएको चोरीको विषयमा अनुसन्धान गर्ने क्रममा बिहीबार साँझ उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले किराना पसलको सटरको ताल्चा फोडेर नगद १० हजार, एनसेलको रिचार्ज कार्ड तीन हजार र किराना सामानहरू अन्दाजी पाँच हजार गरी करिब १८ हजार रुपैयाँ बराबरको चोरी गरेको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ ।































