तीन महिने संगीत तालिमको उदघाटन

0
3

बिर्तामोड ।

नेत्रहीन संघ झापाले जंघबहादुर बोगटीको जन्म जयन्ती तथा तीन महिने संगीत तालिमको उदघाटन कार्यक्रम सम्पन्न गरेको छ।

बिर्तामोड नगरपालिका उपप्रमुुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य तथा नेत्रहीन संघ झापाका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उत्तम खतिवडाले स्वागत गरेका थिए ।

कार्यक्रममा झापा नेत्रहीन संघका सदस्यलाई सहायक सामाग्री सेतो छडी तथा झुुल वितरण गरिएको थियो। लाइन्स क्लब बिर्तामोड स्मार्ट लेडिका सदस्यहरु शोभा प्रधान र पार्वता गिरीका छोरा संदिप गिरीको जन्मदिनको अवसरमा उनीहरबाट प्राप्त ५० वटा झुुल वितरण गरिएको थियो। सोही अवसरमा पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालले संस्थाका अध्यक्ष राजबंशीलाई नगद पाँच हजार सहयोग हस्तान्तरण गरेका थिए।

लाइन्स क्लब बिर्तामोड स्मार्ट लेडिका अध्यक्ष यशोदा उप्रेतीले सामाजिक तथा परोपकारी कार्य गर्दै आएको क्लबले झुलको आवश्यकता बुझेर सहयोग गरिएको बताइन। पूर्वाञ्चल दैनिकका व्यवस्थापक ढकालले अपांगता भएका व्यक्तिको समस्याका बारेमा आफू जानकार भएको भन्दै संस्थाको व्यवस्थापनमा सहजताका लागि सानो सहयोग गरेको बताए।

नेत्रहीन संघ झापाका सल्लाहकार संयोजक दोर्णचार्य निरौलाले कार्यक्रमको अौचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि उपमेयर संग्रौला, कियाचु बिर्तामोड नगर अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल, लाइन्स क्लब बिर्तामोड स्मार्ट लेडिका अध्यक्ष यशोदा उप्रेती, नेत्रहीन संघका सल्लाहकार प्रेमप्रकाश सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए।

संघका अध्यक्ष राजबंशीले आफूहरुलाई उपेक्षा गरिएको गुनासो गर्द‌ै नेत्रहीनलाई दयाभन्दा क्षमता विकासका तालिम र योग्यताअनुसार रोजगारीको ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराए। उपप्रमुख संग्रौलाले नेत्रहीनलाई सहयोग गर्नुु पुण्य कर्म भएको भन्दै नगरपालिकाले यथासक्य सहयोग गर्ने बताए।

संघका जेष्ठ सदस्यलाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिलकुमार राजबंशीले थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here