झापा ।

झापाको शिवसताक्षीमा लागूऔषधको कारोबार गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् ।
आज बिहान शिवसताक्षी-७ चन्द्रडाँगी बस्ने ३२ वर्षीय गङ्गाबहादुर मगरलाई आफ्नै घरमा लागूऔषध सेवन तथा बिक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिएर घर खानतलासी गर्दा मगरको सुत्ने कोठाभित्र बिक्रीको लागि प्लास्टिकमा पोको पार्दै गरेको अवस्थामा १३्र ग्राम ३२० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






























