वीर अमरसिंहमा नयाँ व्यवस्थापन समिति

0
367

बिर्तामोड, कात्तिक ६ । चारपानेस्थित वीर अमरसिंह माविको विद्यालय व्यवस्थापन समितिको सदस्यमा महावीर चौधरी, कम्पसबहादुर राई, मिरा राई र हिमा बुढाथोकी खड्का चयन भएको छन् ।
शिक्षा ऐनको आठौं संशोधन अनुसार अभिभावक भेलाबाट उनीहरु सर्वसम्मत चयन भएका हुन् । त्यस्तै अभिभावक गंगाप्रसाद सिलवालको संयोजकत्वमा ११ सदस्यीय शिक्षक, अभिभावक संघ गठन भएको छ ।
कार्यक्रममा स्वागत प्रधानाध्यापक यदुनाथ अधिकारीले गरेका थिए । कार्यक्रममा पूर्व सदस्यहरु शंकरप्रसाद रिजाल, मदनगोपाल सुब्बा, पूर्व अध्यक्ष चन्द्रप्रसाद बजगाई, भवानी ओली, उपेन्द्र पराजुली र अभिभावहरुको तर्फबाट आदर्श विद्या मन्दिरका अध्यक्ष धनबहादुर राजवंशीले बोलेका थिए ।
भाष्कर लुइटेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक ज्ञानु न्यौपानेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here