दृष्टिले जाँच्यो दुई सयबढी शान्तिपुरेको दृष्टि

0
478

 

बिर्तामोड , इलामको तत्कालिन शान्तिपुर गाविस हाल रोङ गाउँपालिका–२ बरफल्याङका ८० वर्षिय लेखबहादुर प्रधान मंगलबार तीन घण्टा लामो पैदल हिडेर सोही वडाको बदमटार आइपुगे ।

जंगलको बाटो हिडेर बदमटार आउनुको एउटै कारण थियो । मंगलबार शान्तिपुर–झापा एकता समाजले आयोजना गरेको स्वास्थ्य शिविरमा आँखा परिक्षण गराउनु । लठठीको सहारामा आएका प्रधानले आफ्नो गाँउमा नै शिविर आएर आँखा परिक्षण गरिदिएको भन्दै डाक्टरहरुलाई धन्यवाद दिदैं आयोजकलाई संधैं मानवीय सेवामा लाग्न आग्रह गरे ।

आफ्नो जन्मभूमि छाडेपछि धेरैले बिर्सने गरेको भन्दै झापामा अस्थायी तथा स्थायी रुपमा बसोबास गरेका शान्तिपुरेहरुले संस्था नै गठन गरेर आफ्नो जन्मथालोमा मानवीय सेवामुलक कार्य गरेकोमा उनले सबैले एक पटक आफ्नो जन्मभूमिका लागि केहि गर्नुपर्छ भन्ने सन्देश समेत दिएको बताए ।

प्रधान मात्र नभएर शान्तिपुरको बदमटार, बरफ्ल्याङ, धनसार, मंगलटार, दुधे लगायतका दक्षिणी क्षेत्रका दुई सयबढीले आँखा परिक्षण गराएको संस्था अध्यक्ष ज्ञानेन्द्र अधिकारीले बताए । शान्तिपुर–झापा एकता समाजको आयोजना तथा दृष्टि आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्थास्थ्य शिविर सम्पन्न गरिएको छ । इलामको दक्षिणी क्षेत्र तथा झापाको उत्तरी क्षेत्र भौगोलिक रुपमा विकट रहेको र उक्त स्थानका मानिसले स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको अवस्थामा आयोजना गरिएको शिविर फलदायी बनेको समाजका उपाध्यक्ष शेखर कार्कीले बताए ।

शान्तिपुर स्थित बदमटारमा आयोजना गरिएको आँखा शिविरमा अधिकांशको आँखामा मोतिया बिन्दुको समस्या देखा परेको दृष्टि आँखा अस्पतामा डाक्टर अजित ठाकुरले जानकारी दिए । आँखा शिविरमा अप्रेशन गनुपर्ने विरामीलाई अस्पतालले विशेष छुटमा सेवा प्रदान गर्ने बताइएको छ । शिविरमा ५ वर्षीय बालकदेखि ८५ वर्षीय वृद्धवृद्धाले आँखा परिक्षण गराएका थिए । सबैका लागि दृष्टि संधैका लागि दृष्टिलाई आफ्नो अस्पतालले स्लोगान नै बनाएको भन्दै डाक्टर ठाकुरले शान्तिर–झापा एकता समाजले आयोजना गर्ने सबै कार्यक्रममा दृष्टिले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here