छुट अस्थायी करार शिक्षक आन्दोलित

0
898

झापा, विभिन्न चार सूत्रीय माग राख्दै आन्दोलनमा रहेका छुट अस्थायी करार शिक्षक सघर्ष समिति झापाले नेपाल शिक्षक महासंघ झापाको आफूहरुको आन्दोलनका विषयमा ध्यान आकर्षण गराएको छ ।
कन्काई क्याम्पस सुरुङ्गामा शुक्रवार एक समारोहको आयोजना गर्दै महासंघको ध्यानाकर्षण गराएको हो । नेपालको संविधानको मौलिक हक अन्तरगत धारा १८ को समानताको हक र धारा ३३ को रोजगारीको हक बमोजिम २०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकलाई सेवावाट विस्थापित हुनबाट जोगाएर रोजगारीको सुनिश्चितता गर्न आग्रह सहितको ज्ञापनपत्र वुझाएका छन् ।
संघर्ष समितिका अध्यक्ष कमल ढकाल र सचिव पुरुषोत्तम ढकालले महासंघका अध्यक्ष वुद्धिमान कार्कीलाई वुझाएको ज्ञापनपत्रमा शिक्षाको नवौं ऐन वमोजिम अस्थायी शिक्षक सरह संघीय शिक्षा ऐनमा आन्तरिक परीक्षामा सामेल हुन पाउनु पर्ने र संघीय शिक्षा शिक्षा ऐन आएको अघिल्लो दिनसम्म नियुक्ति भएका अस्थायी करार शिक्षकलाई आन्तरिक परीक्षा दिन पाउनुपर्ने लगायतका माग सहितको ज्ञापनपत्र वुझाएका थिए ।
सरकारले आफूहरुको माग सुनुवाई नगरे जस्तोसुकै आन्दोलनका कार्यक्रम गर्न आफूहरु तयार रहेको ज्ञापनपत्रमा उल्लेख छ । झापामा झण्डै आठसय अस्थायी शिक्षक कार्यरत रहेका छन् ।
छुट अस्थायी करार शिक्षक सघर्ष समिति कनकाईका शिक्षक किशोर महतको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै महासंघ अध्यक्ष कार्कीले कार्यरत शिक्षकलाई सेवावाट बञ्चित हुन नदिन थप सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने – शिक्षकको हक अधिकार प्राप्तिका लागि हामी निरन्तर लडिरहेका छौं र सेवावाट विस्थापित हुन नदिन महासंघले सरकारको ध्यानाकर्षण गराउने बताए ।
छुट अस्थायी करार शिक्षक सघर्ष समिति झापाकी उपाध्यक्ष ढकमाया शिवाकोटीले स्वागत गरेको कार्यक्रममा अस्थायी संघर्ष समिति झापाका उपाध्यक्ष कुमार पाठक, राजेन्द्र प्रसाई , हरिप्रसाद तिम्सिना, नेकपाका शिव सताक्षी अध्यक्ष महेन्द्र भट्टराई, सचिव धनवहादुर मेचे, लगायतले बोलेका थिए । कायक्रमको सञ्चालन छुट अस्थायी करार शिक्षक सघर्ष समितिका अध्यक्ष कमल ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here