सुगम शान्ति मार्गमा प्लेवर्स बिच्छ्याइँदै

0
436

बिर्तामोड।

झापाको बिर्तामोड बडा नं. ६ स्थित सुगम शान्ति मार्गको सडक प्लेवर्स बिच्छ्याएर निर्माण शुरु गरिएको छ ।

सुगम शान्ति टोल अन्तर्गत रहेको उक्त सडकको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले प्लेवर्स बिच्छ्याएर शिलान्यास गरे । बिर्तामोड नगरपालिकाको २२ लाख ९२ हजार छ सय ६२ रुपैयाँ र सडक निर्माण उपभोक्ता समितिको १५ लाख २७ हजार रुपैयाँ गरी कूल ३८ लाख १९ हजार छ सय ६२ रुपैयाँमा उक्त कार्य गरिने भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष बुद्धिराम भट्टराईले बताए ।

उक्त सडक अन्तर्गत तीन सय मिटर सडकमा प्लेवर्स बिच्छ्याउन बजेट छुट्टिए पनि बजेट उभ्रिने भएपछि थप ८० मिटर सडकमा प्लेवर्स बिच्छ्याइने सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष बुद्धिराम भट्टराईले बताए ।

विकास निर्माणका लागि बजेट छुट्टिए पनि कमिशनखोरी र भ्रष्टाचारका कारण विकास निर्माण अधुरो हुने प्रवृत्तिलाई अन्त्य गर्दै सुगम शान्ति टोलबासीले बजेट उबारेर थप सडकमा प्लेवर्स बिच्छ्याउनु सराहनीय कार्य भएको सुगम शान्ति टोल विकास संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।

बुद्धिराम भट्टराईको अध्यक्षतामा सडक निर्माण उपभोक्ता समिति गठन गरेर प्लेवर्स बिच्छ्याउने कार्य शुरु गरिएको हो । सडक निर्माण उपभोक्ता समितिको उपाध्यक्षमा दिपकदिनेश दाहाल, सचिवमा डिल्लीराम कोइराला, सहसचिवमा कमल लुइँटेल कोषाध्यक्षमा प्रविणा लुइँटेल रहेका छन् । समितिका सदस्यहरुमा मुना दाहाल, लोकेन्द्र वोहोरा, ललिता कार्की, गोकुल लुइँटेल रहेका छन् ।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष बुद्धिराम भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सडक निर्माण उपभोक्ता समितिका उपाध्यक्ष दिपकदिनेश दाहालले स्वागत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य नरेश खरेल, वडा नं. ६ का वडाध्यक्ष सूर्य कन्दङ्वा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सडक निर्माण उपभोक्ता समितिका सचिव डिल्लीराम कोइरालाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here