इँटाभट्टा।
मेचीनगर–८ को आयोजनामा विपन्न वर्गलाई मोटर ड्राइभिङ तथा महिलाहरुलाई ब्युटिसीयन तालिम शुरु गरिएकोे छ ।
मेचीनगर–८ का वडाध्यक्ष विकेन्द्र धिमालको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा औचित्यमाथि प्रकाश मेचीनगर–८ का वडाध्यक्ष विकेन्द्र धिमालले गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख मिना पोखरेल उप्रेती, नेकपा मेचीनगर–८ का अध्यक्ष कुन्दन निरौला, नेपाली कांग्रेस मेचीनगर–८ का सभापति गिरीराज धमला, समाजसेवी विष्णु भट्टराई, आदर्श माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन पोखरेल, वडा सदस्यहरु खिला मेचे, सन्तोष मेचे, विष्णु बराइली लगायतको आतिथ्य रहेको थियो ।
मोटर ड्राइभिङ तालिमको प्रशिक्षण गड्तौला ड्राइभिङ सेन्टरका महेश श्रेष्ठले दिने छन् भने ब्युटिसीयन तालिमको प्रशिक्षण शिखा ब्युटीपार्लरकी प्रनिता थापाले दिने छिन् । २५ जनाले ड्राइभिङको प्रशिक्षण लिनेछन् भने १२ जनाले ब्युटिपार्लरको तालिम लिने वडाध्यक्ष धिमालले बताए । कार्यक्रमको सञ्चालन वडा सदस्य गंगा पाठकले गरेका थिए ।































